बढी भाडा असुलेको गुनासो बढेपछि ट्राफिकको ‘स्टिङ अपरेशन’

Gandaki Ghumau

बेनी, । चाडपर्वको समयमा यात्रुलाई बाध्य बनाएर बढी भाडा असुल्ने सवारी साधन विरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘स्टिङ अपरेशन’ सञ्चालन गरेको छ ।

शनिबार बेनी–पोखरा रुटमा चल्ने पाँच वटा ट्याक्सीले तोकिएको भन्दा बढी भाडा असुलेको पाइएपछि कारबाही गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले बढी भाडा असुलेको गुनासो आएपछि सवारी साधनहरुलाई निगरानी र स्टिङ अपरेशन चलाएको बताउनुभयो ।

“सिभिलमा चेकजाँचका साथै यात्रुहरुलाई सोधपुछ गर्दा बाध्य बनाएर तोकिएको भन्दा बढी भाडा असुलेको पाइएपछि पाँच वटा ट्याक्सीलाई पहिलो पटक रु. एक हजारका दरले जरिवाना गरेका छौ,” उहाँले भन्नुभयो “यात्रुबाट व्यवसायीले असुल गरेको बढी भाडा सम्बन्धीत यात्रुलाई फिर्ता गरेका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

बेनी–पोखरा रुटमा चल्ने ट्याक्सीहरुले बेनी देखि पोखरा गएको प्रतियात्रु रु. एक हजार पाँच सय र रिजर्भ गर्दा रु. छ हजार भाडा असुलेको गुनासो यात्रुहरुले गरेका छन् । बेनीबाट पोखरा जाने मात्र यात्रु पाइने र पोखराबाट खाली आउनुपर्ने भएको हुँदा मर्का पर्ने ट्याक्सी व्यवसायीको भनाई छ ।

दशै अघि पोखराबाट बेनी आउने यात्रुहरुले पनि ट्याक्सी व्यवसायीहरुले बाध्य बनाएर बढी भाडा असुलेको गुनासो गरेका थिए । दशै, तिहार, छठ लगायत मानिसहरुको बढी आवत जावत हुने समयमा यात्रुहरुलाई अप्ठ्यारो परेको अवस्थामा सघाउन कालीपुलमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।

बढी भाडा असुलेको गुनासो आएपछि प्रदेशभर यातायात व्यवसायीहरुलाई सचेत बनाएको र ट्राफिक प्रहरीलाई निगरानी गर्न निर्देशन दिएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

“बढी भाडा लिएमा यात्रुले तत्कालै नजिकैको ट्राफिक प्रहरी कार्यालयमा गुनासो गर्नुहुन अनुरोध छ,” उहाँले भन्नुभयो “ट्याक्सी सेवा सञ्चालक कम्पनीका प्रतिनिधिहरुलाई गुनासोको विषयमा सचेत बनाएका छौ । ट्राफिक प्रहरीले निगरानी गरिरहेको छ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...