मुलघडेरीको बस्ती स्थानान्तरण गर्न भूवर्गविद्को सुझाव

Shreekrishna hardware

पर्वत, पर्वतको जलजला गाउँपालिका–२ मुलघडेरीको छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ ।

बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठुलो नोक्सान पुर्‍याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको हो । 

खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले गत भदौ २१ गते पहिरो स्थलमै पुगेर अध्ययन तथा अनुसन्धान गरेको थियो । विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक विरास मल्ल र ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले हालै अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ती घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिनुभयो । 

Shreekrishna
Ban devision notice

पहिरोको चपेटामा परेका स्थानीय नगेन्द्र कार्की, पदम कार्की, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर कार्की र डेकबादुर कार्कीको घर सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने भएको आचार्यले जानकारी दिनुभयो । पहिरोस्थलको अध्ययनपछि भूगर्भविद्ले दिएको प्रतिवेदनको आधारमा पीडित परिवारलाई स्थानान्तरणका लागि आवश्यक जग्गा व्यवस्थापन र समन्वय तथा सहकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति र जलजला गाउँपालिकाले पहल गरिरहेको छ ।

आगामी वर्षा हुनु अगावै ती घरहरू सुरक्षित स्थानमा सारिएन भने फेरि पहिरोले जोखिम निम्त्याउन सक्ने भएकाले पालिका र पीडितबिच समन्वय गरेर नयाँ ठाउँमा घर निर्माण गर्नका लागि पहल गरिएको समेत प्रजिअ आचार्यको भनाइ छ । कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका–६ वटा घर विस्थापित हुनुका साथै झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आउने लेदो सहितको पहिरोले हालसम्म ६ वटा घरपरिवार समस्या परेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । 

“पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, हामीले आगामी वर्षायाम अघिनै उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकेनौँ भने फेरि ठुलो जोखिम आउन सक्छ, हामी त्यसतर्फ सचेत बनेर कार्ययोजनामा लागेका छौँ”, आचार्यले भन्नुभयो । वर्षायाममा ती पाँच परिवार स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिएर बसेका थिए । वर्षा सकिएसँगै उनीहरू घर फर्किएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...