लोमान्थाङ गाउँपालिकालले कोरला नाकामा नेपालको झण्डा फहरायो

Gandaki Ghumau

बेनी, मुुस्ताङ स्थित चिनको सिमाना कोरला नाकामा नेपालको झण्डा राखिएको छ ।

लोमान्थाङ गाउँपालिकाले कोरला नाकाको नेपाली भूूगोलको दशगजा क्षेत्रमा राष्ट्रिय झण्डा राखेको हो । जिल्ला प्रशासन कार्यालयको अनुुमति र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी)सँगको समन्वयमा नेपाली झण्डा राखिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुु गुुरुङले जानकारी दिनुुभयो ।

Gunasthariya Shiksya

“गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले यसै हप्ता कोरला पुगेर २० फिट अग्लो फलामे रड र जस्तामा रंगरोगन गरिएको झण्डा राखेका हौ,” उहाँले भन्नुुभयो “कोरला नाका जाने पर्यटकहरुले नेपालीलाई नेपाली भूमिमा भएको अनुुभूति दिलाउन स्थायी प्रकृतिको झण्डा राखेका हौ ।”

Shreekrishna

कोरला नाकाको चीनीया भूमिमा पक्कि सडक, भवन लगायतका लोभलाग्दो भौतिक संरचना बनाएको छ । चिनियाँ सुरक्षाकर्मी २४ सै घण्टा सुरक्षा निगरानीमा खटिएका हुुन्छन् । नेपालतर्फ करिब १५ किलोमिटर टाढा नेचुङमा सीमा सुरक्षार्थ सुरक्षाकर्मी रहेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...