ताकममा योग शिविर

Gandaki Ghumau

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग अभ्यासमा सहभागिता जनाएका वडा सचिव तमबहादुर बिकले जानकारी दिनुभयो ।

“स्वास्थ्य जिवनका लागि योग साधना कार्यक्रम अन्तरगत शिविर आयोजना गरेका हौ,” उहाँले भन्नुभयो “योग अभ्यास मार्फत नागरिकलाई स्वस्थ्य बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।”

Shreekrishna
SONY DSC
Gunasthariya Shiksya

शिविरको नविन आनन्द योग केन्द्रका संस्थापक नविन जुग्जालीले सहजिकरण गर्नुभएको थियो । शिविरको समापन कार्यक्रममा स्थानीय हरि भण्डारीले दश थान म्याट्रेस उपलब्ध गराउनु भएको थियो ।

उहाँले योग अभ्यास सञ्चालनका लागि साउण्ड सिस्टम र अन्य सामान पनि उपलब्ध गराउने घोषणा गर्नुभयो । अस्वस्थ खानपान, विचार, व्यवहार तथा तनावका कारण मानिसहरुमा विभिन्न किसिमका नसर्ने रोगको जोखिम बढेको छ ।

तनाव व्यवस्थापन, शारिरिक स्फुर्ति, तन्दुरुस्ती, स्वस्थ्य आहरा र सकारात्मक सोचको विकास गर्न योग शिविर प्रभावकारी बनेको वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो । आगामी वर्षको कार्यक्रम र बजेटमा पनि योग शिविरलाई निरन्तता दिने वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

SONY DSC
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...