जोमसोम, ः प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड) बुधबार मुुस्ताङ आउनुुभएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागि हुुन प्रधानमन्त्री दाहाल मुुस्ताङ आउनुु भएको हो ।
नेपाली सेनाको हेलिकप्टर मार्फत बिहान ८ बजे जोमसोम आउनुुभएका प्रधानमन्त्री दाहाल कोरला नाका, गत साउनको बाढीले क्षति पुुगेको कागबेनी लगायतको क्षेत्रको अनुुगमनमा जानुुभएको मुुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुुभयो ।
प्रधानमन्त्री दाहालले मुुस्ताङ भ्रमणका क्रममा कोरला नाका र गत साउनको बाढीले क्षति पुुगेको कागबेनीको हवाई निरिक्षण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालको हालै भएको चिन भ्रमणका क्रममा चिनले मुस्ताङको कोरला लगायत १४ वटा ब्यापारिक नाका सञ्चालन गर्ने जनाएको थियो ।
विगत ४ वर्षदेखि बन्द रहेको कोरलाका सञ्चालनको लागि चिनको सिमानामा रहेको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जना भन्दा बढी सर्वसाधारणलाई चिन प्रवेश अनुुमतिपत्र वितरण गरिएको छ ।
प्रधानमन्त्री दाहाल समक्ष स्थानीयबासीहरुले कालीगण्डकी नदीको कटान, उपल्लो मुुस्ताङको पाँच वटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गा सम्बन्धी समस्या छलफल गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र मुुस्ताङका ईञ्चार्ज कपिल लामाले बताउनुुभयो ।
प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरण मन्त्री डा. उपेन्द्र महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री शुसिला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल लगायत पनि कार्यक्रममा सहभागि हुनुुभएको छ ।
जलवायुु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागि भएपछि प्रधानमन्त्री दाहाल बिहान १० देखि जोमसोममा जनतासँग माओवादी रुपान्तरण अभियान अन्तरगत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुुहुने कार्यक्रम रहेको छ ।