म्याग्दीका छ वटा सडक कालोपत्र हुने

Gandaki Ghumau

बेनी, २९ असोज ः गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दीका छ वटा ग्रामिण सडक कालोपत्र र स्तरोन्नतिको काम शुरु गर्ने भएको छ ।

प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बहुबर्षीय ठेक्का मार्फत कार्यान्वयन हुने छ वटा योजना छनौट भएको जनाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले चालु आर्थिक वर्षभित्रनै बहुबर्षीय ठेक्का आव्हान, सम्झौता र निर्माणको काम शुरु गरिने जानकारी दिनुभयो ।

“बहुबर्षीय ठेक्का लगाउने योजनाहरु छनौट गरेर कार्यान्वयनको प्रक्रीया अघि बढाइसकेको छ,” उहाँले भन्नुभयो “म्याग्दीका छ वटा नयाँ सडक कालोपत्र र स्तरोन्नति गर्ने काम यसै बर्षदेखि शुरु हुन्छ ।”

Shreekrishna

चालु आर्थिक वर्षमा बिनियोजन भएको बजेटलाई कुल अनुमानित लागतको बीस प्रतिशत मानेर स्रोत सुनिश्चिततन र बहुबर्षीय ठेक्का मार्फत कार्यान्वयनको तयारी गरेको मन्त्री जुग्जालीले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

रु. पाँच करोड बजेट बिनियोजन भएको दरवाङ–मुना–ढोरपाटन सडकलाई रु. २५ करोड, रु. चार÷चार करोड बजेट रहेको दरवाङ–बिम–दिच्याम र बेनी–तोरीपानी हुदै पाखापानी सडकलाई रु. बीस÷बीस करोडको स्रोत सुनिश्चितता गरेर बहुबर्षीय ठेक्का आव्हानको तयारी भएकोे छ ।
रु. दुई÷दुई करोड बजेट रहेको दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तिवाङ, हाँडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोलेमुसुङ–बाग्लुङ र पखेर–बरंजा सडकका लागि पनि रु. दश÷दश करोड बजेटको स्रोत सुनिश्चितता भएको मन्त्री जुग्जालीले बताउनुभयो ।

म्याग्दीका छ वटा स्थानीय तहको ४५ मध्य धवलागिरी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जा मात्र सडक सञ्जालमा जोडिएको छैन् । गुर्जालाई सडक सञ्जालमा जोड्न प्रदेश, संघीय सरकार र गाउँपालिकाले रु. दुई÷दुई करोड बजेट बिनियोजन गरेका छन् ।

वि.स. २०५४ मा सडक सञ्जालमा जोडिएको म्याग्दी जिल्लाभर हालसम्म करिब ४० किलोमिटर मात्र सडक रहेको छ । म्याग्दीका ६८ वटा सडक, तीन वटा झोलुङ्गे पुल र सात वटा सडक पुल सम्बन्धी आयोजनाका लागि चालू आर्थिक वर्षमा रु. ७३ करोड बजेट बिनियोजन भएको प्रदेश सांसद हरिबहादुर भण्डारीले बताउनुभयो ।

“सडक आयोजनामा बिनियोजन भएको बजेट कालोपत्र, नाली निर्माण, ढलान, सोलिङ र स्तरोन्नितिमा लगानी हुन्छ,” उहाँले भन्नुभयो “तीन वटा पुराना सडक आयोजना सम्पन्न गराउने बाहेक सबै नयाँ सडक आयोजना भित्रिएका छन् ।”

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु प्रसाद पौडेलले बजेट बिनियोजन भएका योजनाहरुको सर्वेक्षण, पहिले तयार भएका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को रिभ्युको काम सकेर ठेक्का प्रक्रीया मार्फात कार्यान्वयनको तयारी गरेको जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...