म्याग्दीमा समाजवादी मोर्चा गठन

khali

बेनी, । म्याग्दीमा समाजवादी मोर्चाको जिल्ला संयोजन समिति गठन भएको छ ।
चार दल आवद्ध मोर्चाको शनिबार बेनीमा बसेको जिल्लास्तरीय बैठकले नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रेशम जुग्जालीको संयोजकत्वमा ८ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो ।
जुग्जाली गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री समेत हुनुहुन्छ । बैठकले हरेक तीन÷तीन महिनामा चक्रिय प्रणालीमा पाटीहरुले मोर्चाको नेतृत्व गर्ने र संयोजन समितिमा हरेक पाटीबाट दुई÷दुई जना सहभागि हुने निर्णय समेत गरेका छन् ।
निर्णय सर्वाजनिकि गर्न आयोजित पत्रकार सम्मेलनमा मोर्चामा माओवादीबाट जिल्ला संयोजक जुग्जाली र विनोद केसी, नेकपाबाट मिनबहादुर सि र गोमा सि, नेकपा (एकीकृत समाजबादी)बाट बमबहादुर पाईजा, हरिकृष्ण पौडेल र जनता समाजबादी पाटीबाट जिवन खाती र इन्द्रबहादुर छन्त्याल प्रतिनिधि रहेको संयोजन समितीले जानकारी गराएको थियो ।
मोर्चाको आयोजनामा आगामी कात्तिक १८ गते बेनीमा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने र जिल्लामा समेत समाजवादी सन्देश सभाको आयोजना गर्ने निर्णय गर्ने मोर्चाको संयोजक जुग्जालीले जानकारी दिनुभयो ।
कार्यक्रममा माओवादी केन्द्र जिल्ला इन्चार्ज गुप्तबहादुर हमाल, नेकपा धौलागिरी ब्यूरो प्रमुख विकिरण सि, नेकपा एस म्याग्दीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनता समाजबादीका उपाध्यक्ष जीवन खातीले संविधानको रक्षा र समाजवादको आधार तयार गर्नका लागि केन्द्रमा समाजवादी शक्ति विच सहकार्य, संघर्ष र समन्वयका लागि मोर्चा बनेको र मोर्चालाई जिल्लामा पनि प्रभावकारी बनाईने बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...