मालिका–३ मा केन्द्रीय लाइनको बिद्युत पुग्यो

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको ३ नम्बर वडामा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिद्युत पुगेको छ ।

नेपाल बिद्युत प्राधिकरणले सौरबोट, इग्रे, डाडागाउँ र किटिनीमा केन्द्रीय प्रशारण लाइनको बिद्युत बिस्तार गरेको हो । सौरबोटका १५, इग्रेका ५०, किटिनीका ८० र डाडागाउँका ५५ घरधुरीमा बिद्युतीकरण भएको नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले जनाएको छ ।

फुलबारीबाट अदिभारा–इग्रे–डाडागाउँ हुदै वडा कार्यालय रहेको किटिनीसम्म ११ केभी क्षमताको ५ किलोमिटर नयाँ लाइन बिस्तार गरेर बिद्युत बिस्तार गरिएको केन्द्रका प्रमुख माधव महतले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“गत आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट गाडीएका पोल, तानिएका तार र जडान गरिएका तीन वटा ट्रान्सफर्मर चार्ज गरेर गत हप्तादेखि बिद्युत आपुर्ति गराइएको हो,” उहाँले भन्नुभयो “सो वडाका अदिभारा, स्याउलीबाङ, पात्ले लगायत बस्तिमा पनि छिट्टै बक्ति बाल्ने गरेर काम भैरहेको छ ।”

इग्रे भन्दा अगाडीनै पर्ने भएपनि छुटेको अदिभारका १०÷१५ घरका लागि पनि छुट्टै लाइन बनाएर बिद्युतीकरण गर्न लागिएको महतले बताउनुभयो । सौरबोट, इग्रे र किटिनीमा राखिएको ५०÷५० केभीए क्षमताको ट्रान्सफर्मर चार्ज गरेर मिटरबक्स राखेका र वायरीङ गरेका घरमा बिद्युत आपुर्ति गराइएको निर्माण कम्पनी न्यु ढुङ्गाना निर्माण सेवाका सञ्चालक दिनेश ढुङ्गानाले बताउनुभयो ।

Bhautik ministry notice about road

केन्द्रीय प्रशारण लाइनको बिद्युत सुबिधा भएपछि दैनिक जनजिबन सहज हुनुका साथै उद्योग ब्यवसाय सञ्चालनको अवसर सिर्जना हुने, सूचना र सञ्चारमा पहुँच बढ्ने, प्रशासनिक काम गर्न सहज भएको वडा अध्यक्ष हेमबहादुर पुनले बताउनुभयो ।

यसअघि सो क्षेत्रका बासिन्दाहरुले रुमखोला लघुजलबिद्युत परियोजनाको बिद्युत प्रयोग गर्दै आएका थिए । मालिका गाउँपालिकाको वडा न. ५ देविस्थान, धवलागिरी गाउँपालिकाको केन्द्र मुना, मुना र रघुगंगा गाउँपालिकाको दर्मीजा, रायखोर, ठाडाखानी, मुलपानीमा पनि केन्द्रीय प्रशारण लाइनको बिद्युत बिस्तारको तयारी भएको छ ।

जलजला गाउँपालिकाको लेकफाँट देखि अन्नपूर्ण गाउँपालिकाको नागी राम्चे जोड्ने नयाँ ११ केभी लाइन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । तिप्ल्याङ देखि राम्चे, नागी लगिएको लाइन लामो दुरिको भएकाले लेकफाट बाट छोटो दुरिमा पर्ने अर्को लाइन बनाउन लागिएको प्राबिधिक रबिन्द्र भण्डारीले बताउनुभयो ।

यस वर्ष मालिका गाउँपालिकाको निस्कोट, रुम, धवलागिरी गाउँपालिकाको दर, मराङ, मल्कवाङ, रघुगंगाको चिमखोला र कुइनेमंगलेमा नयाँ लाइन बिस्तारका लागि योजना सञ्चालन गर्न लागिएको छ । मिलनचोक सब स्टेशन देखि सदरमुकाम बेनीका लागि छुट्टै लाइन बनाउने काम भैरहेको छ । यस वर्ष म्याग्दीमा बिद्युतीकरणका लागि संघीय सरकारले रु. पाँच करोड बजेट बिनियोजन भएको छ ।

भदौ मसान्त सम्म म्याग्दी बितरण केन्द्र अन्तरगत १८ हजार ४८२ बिद्युत उपभोक्ता छन् । आर्थिक वर्ष २०७५÷०७६ मा थपिएका ७११ सहित १६ हजार ३०० उपभोक्ता थिए । गत आर्थिक वर्ष २०७६ साउन यता दुई हजार १८२ नयाँ ग्राहक थपिएका हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...