मुुस्ताङमा स्याउसँगै कृषकको आम्दानी पनि घट्यो

Gandaki Kotihome

सन्तोष गौतम
जोमसोम, ः गत वर्ष रु. एक लाख साठी हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यसपाली रु. एक लाख बीस हजार मात्र पार्नुुभयो । उहाँको बगैचामा १५० वटा स्याउका बोट छन् ।

गत वर्ष रु. १२ लाखको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यसपाली बगैचामा स्याउ कम फलेकाले रु. पाँच लाखमा ठेक्कामा दिनुुभएको छ । राजेन्द्र र भूूपेन्द्र मात्र नभएर मुुस्ताङका सबैजसो कृषकहरु यसपाली स्याउ खेतीबाट आम्दानी घटेकोमा निराश भएका छन् ।

“स्याउमा फुल खेल्ने वैशाख, जेठ महिनामा दिउँसो बर्षा र रातीमा परेको तुुसारोले यसपाली कम फल लागेको छ,” उहाँले भन्नुुभयो “बोटमै कम फल लागेकाले उत्पादन र आम्दानी घट्यो ।”

Shreekrishna hardwear in news

स्याउ मुुस्ताङबाट निकासी हुुने प्रमुख फलफुुल हो । यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुुख प्रकाश बस्ताकोटीले बताउनुुभयो ।

“फुल खेलेर परागसेचन हुुने समयमा धेरै बर्षा हुँदा फुलबाट स्याउको दाना कम लागेको छ,” उहाँले भन्नुुभयो “यसवर्ष स्याउको फुल फुल्ने समय वैशाख–जेठ महिनामा वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेशन)हुन पाएन् ।”

Notice about ban dadalo

मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ ।

गत वर्ष मुस्ताङमा छ हजार ६०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । रु. पचास करोड मूल्य बराबरको चार हजार ६२० मेट्रिक्टन स्याउ म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौ लगायतका सहरमा निकासी भएको थियो ।

बचैगामा प्रतिकिलो रु. १०० देखि रु. १२० का दरले स्याउ बिक्री भएको छ । रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती भएको छ । मुुस्ताङका बगैचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउने चटारो छ ।

स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो । यसअघिको वर्षमा मंसिरसम्म स्याउ बोटमै हुुन्थ्यो । अहिले असोजमै सबैजसो बगैचाहरु रित्तिन थालेका छन् । नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैचानै ब्यापारीलाई ठेक्का दिएका थिए ।

कृषक बलबहादुुर थकालीले ठेक्का लिएका ब्यापारी आफैले स्याउ टिपेर बजार लैजाने गरेका बताउनुुभयो । “स्याउलाई बजारको समस्या छैन,” उहाँले भन्नुुभयो “फलाउन सक्नुु प¥यो जति पनि बिक्री हुन्छ ।”

धादीङबाट स्याउ खरिद गर्न मुस्ताङ आएका शिवाङ तामाङले पातलो फलेपनि दाना ठूला र स्वादिष्ट रहेको बताउनुुभयो । बेनी, बागलुुङ र पोखराका बजारमा मुुस्ताङको स्याउको माग उच्च रहेको उहाँले बताउनुुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...