अन्नपूूर्ण र मालिका मोना कपको महिला भलिबलको फाइनलमा

Gandaki Ghumau

बेनी, । अन्नपूूर्ण र मालिका गाउँपालिका बेनीमा सञ्चालन भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिता अन्तरगत महिला तर्फको फाइनलमा पुुगेका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा अन्तरगत पुुरुषतर्फ मंगला गाउँपालिका पनि फाइनल पुुगेको छ ।

बेनी नगरपालिका र मालिका गाउँपालिकाबीच हुुने सेमिफाइनल जित्नेले मंगलासँग फाइनलमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता व्यवस्थापन गरेको म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिनुुभयो ।

Shreekrishna

महिला तर्फ पहिलो चरणमा अन्नपूूर्णले मंगला र रघुुगंगाले बेनी नगरपालिकालाई लाई पराजित गर्दै सेमिफाइनल पुुगेका थिए । वाई परेको मालिकाले रघुुगंगालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । अन्नपूर्णले धवलागिरीलाई पराजित गर्दै फाइनल पुुगेको हो ।

पुुरुषतर्फ प्रतियोगिताको उद्घाटन खेलमा अन्नपुर्णलाई रघुगंगा र धवलागिरी गाउँपालिकालाई मालिकाले पराजित गरेका थिए । बेनी नगरपालिका र मंगला गाउँपालिका वाई परेर स्वतः सेमिफाइनल प्रवेश गरेका थिए ।

Gunasthariya Shiksya

रघुुगंगालाई जितेर मंगला फाइनल पुुगेको हो । धवलागिरीलाई पराजित गरेको मालिकाले वाई परेर सेमि फाइनल पुुगेको बेनी नगरपालिकासँगको भेट पक्का गरेको हो । मालिका र बेनी नगरपालिकाबीचको खेलमा बिजयी हुुने टिम मंगलासँग फाइनलमा भिड्नेछन् ।

प्रतियोगिताको मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्याल र महासचिव हरि राम्जालीले उद्घाटन गर्नुभयो । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार, द्वितिय पुरस्कार ७५ हजार, तृतिय पुरस्कार ५० हजार, सान्त्वना पुरस्कार २० हजार रहेको छ ।

उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताको उद्घाटन गर्दै मोना अन्तराष्ट्रियका अध्यक्ष छन्त्यालले जिल्लाका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले भलिबल प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।

जिल्लाको कला, संस्कृति र खेलकुदको विकासमा मोनाले विभिन्न गतिविधिहरु निरन्तर संचालन गर्ने अध्यक्ष छन्त्यालले बताउनुभयो । जिल्लाका ६ वटै पालिकाबाट महिला तथा पुरुष भलिबल टिम सहभागी भएका छन् ।

उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ ,अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन मगर, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीको उपस्थिति रहेको थियो ।

मोनाको पाँचौँ महाधिवेशनको अवसरमा बेनी लभ्लिहिल मिनी म्याराथुन दौड प्रतियोगिता असोज २६ गते विहान संचालन हुने भएको छ । महाधिवेशनको मुल समारोह असोज २६ गते विहान ११ बजेदेखि बेनीको खुल्लामञ्चमा तय भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...