खेलकुद विकास समितिलाई ब्यायम सामग्री हस्तान्तरण

Gandaki Ghumau

बेनी, । जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई मंगलबार ब्यायम सामग्री हस्तान्तरण गरिएको छ ।

Gunasthariya Shiksya

बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र ब्याडमिन्टन संघ बेनी नगरपालिकाले रु. ४५ हजार मूूल्य बराबरको सामग्री सहयोग गरेका हुन् । वडा नम्बर ७ को कार्यालयले रु. ३० हजार र ब्याडमिन्टन संघले रु. १५ हजार सहयोग गरेका जनाएका छन् ।

बेनी नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष एवम् नगर कार्यपालिकाका प्रवत्ता रमेशकुमार श्रेष्ठ, वडा सदस्य रमेश घर्ति, विश्वास श्रेष्ठ, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष हिमालय कार्की, बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलाई सामग्री हस्तान्तरण गर्नुुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...