बेनपा–८ को सडकका खाल्डाखुल्डी पुरेर मर्मत गरिदै

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ को सडकका खाल्डाखुल्डी पुरेर मर्मत गर्न थालिएको छ ।

अस्पताल चोक देखि पिपलचोक, क्याम्पसचोक, गणेशटोल हुदै संगमचोक सम्मको सडक विस्तार, खाल्डाखुल्सी पुर्ने र ओभरले कालोपत्र गर्न लागिएको हो । यसअघि गरिएको कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी परेर दुर्घटनाको जोखिमका साथै आवत जावतमा समस्या भएको थियो ।

सडकको क्षेत्राधिकार र नालीमाथी निर्माण भएका सिडि लगायत भौतिक संरचना पनि हटाइएको छ । सडकको तल्लो लाइनमा बेनी खानेपानीको पाइप विस्तारका क्रममा खाडल खन्दा सडक जिर्ण बनेको थियो ।

Shreekrishna

बेनी नगरपालिकाका ईञ्जिनियर विमलरञ्जन कार्कीले वडा स्तरीय कार्यक्रम मार्फत रु. २९ लाखको बजेटबाट सडक मर्मत गर्न लागिएको जानकारी दिनुभयो । “अस्पतालचोकमा २५ मिटर ढलान गर्ने योजना छ,” उहाँले भन्नुभयो “बजारक्षेत्रमा ५५० मिटर प्रिमिक्स प्रविधिको कालोपत्र गर्ने काम दशै अघिनै सक्ने तयारीमा छौ ।”

तीन वटा चोक परेको अस्पतालचोकको घुम्ती साँघुरो भएकाले ढलान गर्ने लागिएको हो । सडक मर्मतका लागि गणेशटोलका बासिन्दा कृष्णप्रसाद बरुवालको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । प्रिमिक्स प्रविधिको कालोपत्रको आयु तीन देखि चार वर्षको हुनेगर्छ । अवधि सकिएपछि पिच उप्किने भएकाले ओभरले गर्ने गरिन्छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

यसैगरी बेनी नगरपालिकाको वडा नम्बर ८ ले मुख्य सडक बाहेकका भित्रि गल्लीहरुलाई हिलो, धुलो, खाल्डाखुल्डीमुक्त र फराकिलो बनाउने योजनालाई निरन्तरता दिएको छ । यस वर्ष पिपलचोक, गणेशटोल देखि न्युरोड, दिदिबहिनी सहकारीटोल, फिल्महल र खानेपानी गल्लीको सडकमा पेभर ब्लक बिछ्याउने काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

“यसअघिका बर्षमा सञ्चालन भएको भित्रि गल्लीहरुमा पेभर ब्लक राख्ने कामलाई यस वर्ष निरन्तरता दिन रु. सात लाख बजेट बिनियोजन गरिएको थियो । अपुग हुने भएपछि रु. दुई लाख थपेका छौ,” उहाँले भन्नुभयो “आगामी वर्ष बेनी नगरपालिकाको वडा नम्बर ८ का सबै गल्लीमा ढलान र पेभर ब्लक राखेर सकिन्छ ।”

बेनी नगरपालिकाले सडक वोर्ड नेपालसँगको साझेदारीमा बेनी–अर्थुङ्गे–पात्लेखेत सडकको प्रवेश विन्दुको सडक मर्मतको काम गरिरहेको छ । उत्तरगंगा निर्माण सेवाले रु. ५१ लखमा गत असारमा ठेक्का लिएको थियो । ढलान र कालोपत्र उप्किएको ठाउँमा ओभरले, पर्खाल र ग्यावीयन पर्खाल बनाउने काम भैरहेको ईञ्जिनियर कार्कीले बताउनुभयो ।

७० प्रतिशत सडक बोर्ड र ३० प्रतिशत बेनी नगरपालिकाको लागत साझेदारीमा सडक मर्मत गर्न लागिएको हो । खानेपानीको कार्यालय भवन पछाडीको पहिरो व्यवस्थापन गर्न नगरपालिकाले नयाँ योजना सञ्चालन गर्ने जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...