म्याग्दीका शर्मा एमालेको प्रदेश अध्यक्षमा निर्वाचित

khali

पोखरा । म्याग्दीका नेता नवराज शर्मा नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित हुुनुुभएको छ ।

पोखरामा बिहिबार भएको मतदान प्रक्रीयाबाट अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नु भएको छ । म्याग्दीको मालिका गाउँपालिका –७ विम घर हुनुभएका शर्मा संविधान सभा सदस्य समेत हुनुहुन्छ ।

Shreekrishna hardwear in news

उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी हुनु भएको छ । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गर्नु भएको छ।

khali

सचिवमा लमजुङका धनज्वय दवाडीले ५ सय २० मत लिएर विजयी हुदा सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गर्नु भएको छ ।

उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उहाँका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याउनु भएको छ ।

उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याउनु भएको छ । बिहीबार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो ।

एक सय ६२ सदस्यीय प्रदेश कमिटीको लागि तीन सय ८२ जनाको उम्मेदवारी परेको थियो । संघीय भूूगोल म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ, जिल्ला भूूगोल म्याग्दीबाट किरण सापकोटा र जिल्ला भूूगोल दलित कोटामा म्याग्दीका पुुस्कार बिक निर्विरोध चयन हुनुुभएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...