मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक

Gandaki Kotihome

जोमसोम, ः चिनको स्वसाशित क्षेत्र मुुस्ताङको सिमानामा रहेको कोरला नाकामा बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितमा जिल्ला सुुरक्षा समन्वय समितिको बैठक बसेको छ ।

प्रदेश स्तरीय सुरक्षाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थितमा प्रदेश तथा जिल्ला स्तरीय सुरक्षा समन्वयको दुई चरणमा अलग–अलग बैठक बसेको हो ।

समन्वय बैठकमा एक चीन नीतिप्रति प्रतिबद्ध भई सीमा सुरक्षा तथा सीमानाकामा अवान्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सजगता अपनाउने विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिनुुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

प्रेस संयोजक सापकोटाका अनुुसार प्रधानमन्त्रीको चीन भ्रमणसँगै १४ वटा उत्तरी नाकाहरु पुनः सञ्चालन गर्ने मार्ग खुलिसकेकाले त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत बृहत् छलफल भएको छ ।

बैठकमा प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, प्रदेश सांसद विकल शेरचन र प्रदेश सांसद नम्डु गुरुङ पनि उपस्थित हुुनुुभएको थियो । यसका अलवा मुख्यमन्त्रीको टोलीमा प्रदेश तथा जिल्ला सुरक्षा निकाय र प्रदेश तथा जिल्लास्थित सरोकारवाला कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो ।

कागबेनीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी उपल्लो मुस्ताङ प्रस्थान गरेको मुख्यमन्त्री पाण्डेसहितको टोलीले बुधबार कोरलानाकाको स्थलगत निरीक्षण गरेको छ । पाण्डेले कोरलानाकाको भ्रमण सकेपछि सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा पुगेर स्थानीयको समस्या र प्रदेश सरकारबाट सञ्चालित विकास निर्माणका योजनाका विषयमा गुुनासो सुुन्नुुभएको छ ।

प्रदेशका कार्यक्रम र जनसरोकारका विषयमा जानकारी लिन मुख्यमन्त्रीसहित प्रमुख लक्ष्मी वस्नेत, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा लगायतको टोली उपल्लो मुुस्ताङ पुुग्नुुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...