राहत लिएर महभिर र रुम पुगे काँग्रेसका नेताहरु

Gandaki Kotihome


बेनी, १६ । नेपाली कांग्रेस म्याग्दीले मालिका गाउँपालिका–४, महभिर र वडा नम्बर २ रुमका पहिरो पीडितलाई राहत वितरण गरेको छ ।

कांग्रेस म्याग्दीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट सोमबार महभिरमा पहिरोले घरमा पुर्ण रुपमा क्षती भएको तीन परिवार दैनिक उपभोग्य खाद्यन्न सामग्री र बेलीको फुलबाङमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारलाई खाद्यन्न सामग्री सहित रु. पाँच हजार सहयोग गरेको हो ।

विपद् व्यवस्थापन कोषका संयोजक नेत्र महतका अनुसार महभिरमा पहिरो पीडित काले कामी, रबिलाल घर्ती र कमारी घर्ती मगरको परिवार र वडा नम्बर २ स्थित फुलबाङमा असोज ८ गते पहिरोले पुरिएर ज्यान गुमाउनुभएका तिर्थबहादुर बिकका परिवारलाई राहत सामग्री सहयोग गरिएको छ ।

Shreekrishna hardwear in news

कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, संयोजक महत, सहसचीव श्रीराम पौड्याल, प्रदेश सभा निर्वाचन क्षेत्र(ख)का सभापति तथा वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन, सचिव हिराबहादुर पुन, मालिका गाउँपालिका सभापति खिम पुन लगायतको टोलीले वडा इकाई सभापति तमबहादुर पुन, वडा अध्यक्ष भेजेन्द्रमान पुन र वडा सदस्य गर्भे गुरुङ लगायतको रोहबरमा हस्तान्तरण गर्नुभयो ।

Notice about ban dadalo

महतले केही दिनमै पहिरो प्रभावितलाई त्रिपाल उपलब्ध गराइने जानकारी दिनुभयो । पहिरोको निरिक्षण पछि कार्यवाहक सभापति श्रेष्ठले अहिले तत्कालको लागि पीडित परिवारलाई केही राहत सहयोग गरिएको बताउँदै थप राहत व्यवस्थापन र विस्थापित भएकालाई पुर्नवासको लागि आफु र पार्टीको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तत्काल राहतको लागी सबैले सहयोग गर्न समेत आग्रह गर्नुभयो । वडा सदस्य गर्भे गुरुङका अनुसार पहिरोले थप १९ घर उच्च जोखिममा रहेका छन् । गाउँ माथि सिद्ध थानको भिरबाट खसेको पहिरोले सबहादुर घर्ती, सबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गंगबहादुर कामी, बीरबहादुर कामी, गोरे कामी, कुलप्रसाद घर्ती, भिमप्रसाद सुनार, पोबिसरा सुनार, सुप्तिरा सुनार, मुक्तीराम सुनार, रोमन घर्ती, तेकलाल शिर्पाली, शेरबहादुर सुनार, गंगु घर्ती, मनमाया घर्ती, जितबहादुर शिर्पाली र चन्द्रबहादुर पुनको घर उच्च जोखिममा रहेका वडा सदस्य गुरुङले बताउनुभयो ।

पहिरोले रबिलालको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । पहिरोले गाउँको बिचमा ठुला ठुला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ । पीडित काले कामीले पहिरोले पुरिएको बाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुभयो ।

वडा अध्यक्ष भेजेन्द्रमान पुनले पहिरोबाट विस्थापित परिवारलाई पुर्नवास र प्रभावित क्षेत्रमा जोखिम कम गर्नका लागि वडाले पहल गरिरहेको बताउनुभयो । कांग्रेस म्याग्दीले यसअघि अन्नपुर्ण गाउँपालिका–३, सुवाका पहिरो पीडितलाई राहत सहयोग गरेको थियो । राहत वितरण तथा पहिरो निरिक्षण टोलीमा तरुणदल नेता राजु जुग्जाली, श्याम बुढाथोकी मगर लगायतको सहभागिता रहेका थियो । यसैगरी सोमबार वडा नम्बर ३ शैलुङ स्थित पुर्व कांग्रेस रुम गाविस सभापति दिवंगत जम्दार रनबहादुर घर्तीको सम्झनामा श्रद्धाञ्जली सभा समेत छ । साधन राम्जाली

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...