२८२ जनाले शिव शिखरमा बचत गरेको साढे चार करोड डुब्यो

Gandaki Ghumau

बेनी, । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले म्याग्दीका करिब तीन सय जना सेयर सदस्यले बचत गरेको रु. चार करोड ६१ लाख रकम फिर्ता नभएको उजुरी परेको छ ।

सो सहकारीमा बचत गरेको रु. चार करोड ६१ लाख ३२ हजार फिर्ता नपाएको २८२ जनाले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी गरेका हुन् । एक वर्षअघि बेनी नगरपालिका– ८ न्युरोडमा स्थापना भएको सहकारी सात महिनायता बन्द छ ।

सहकारी ऐन सम्बन्धी कसुरमा पिडितहरुबाट उजुरी संकलन गरेर अनुसन्धान गरि सरकारी वकिल कार्यालय मार्फत शिव शिखर सहकारी विरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“सहकारी विभाग र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युुरोको परिपत्रको साथै बेनीका केही बचतकर्ताहरुको उजुरीको आधारमा २०८० असार १७ गतेदेखि अनुसन्धान थालिएको थियो,” उहाँले भन्नुुभयो “मुुद्दा दर्ता भएको ९० दिन भित्र अनुसन्धानको सबै प्रक्रीया पुरा गरेर सरकारी वकिल मार्फत जिल्ला अदालत म्याग्दीमा मुद्दा अघि बढेको छ ।”

भक्तपुरको मध्यपुुर ठिमी नगरपालिका–३ कैलाशटारमा केन्द्रिय कार्यालय रहेको शिव शिखर सहकारीले बेनीका बचतकर्ताहरुले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन् । सहकारीले २०७९ बैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो ।

सुरुवातमा बचतकर्ताहरूलाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत संकलन गरेको सहकारीले छ महिनाअघि आर्थिक संकटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो । बेनीको न्युरोडमा करिब रु. छ करोडमा सात आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो ।

सो सहकारीको बेनी शाखामा एक हजार ४८४ जनाको रु. छ करोड १० लाख बचत रहेकोमा २८२ जनाले मात्र उजुरी गरेका हुन् । पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ता निराश हुँदै फर्किने गरेका छन् । निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारी संस्थाहरुविरुद्ध उजुरी पर्ने क्रम बढेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...