मोना कोरीयामा नयाँ नेतृत्व

Gandaki Ghumau

बेनी,। म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरीयाको अध्यक्षमा दुर्गा भण्डारी निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न चौथो अधिवेशनबाट मोना कोरीयाको उपाध्यक्षमा गंगाराज बानिया, रिम भण्डारी, मनिष गौचन, कुमार केसी, महिला उपाध्यक्षमा हेमा राना केसी र महासचिवमा दिनेश कार्की चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

सचिवमा सुशील भण्डारी, कोषाध्यक्षमा राहुल छन्त्याल, सहकोषाध्यक्षमा संजिता गुरुङ, सदस्यहरुमा पुरन बानिया, अंकित शेरपुञ्जा, प्रेम भण्डारी, प्रकाश केसी, तिलक छन्त्याल, कबिता गुरुङ, भावना मगर, देवी थापा, नारायण घर्तिमगर, अर्जुन खड्का, कबिता गर्बुजा पुन चयन हुनुभएको निवर्तमान अध्यष सुनेश केसीले जानकारी दिनुभयो ।

Shreekrishna

मोनाका पुर्व अध्यक्ष ओमनारायण जुग्जाली, एनआरएनए दक्षिण कोरीयाका अध्यक्ष, नेपाल मगर संघका अध्यक्ष तुलबहादुर घर्ति, एनसीसीका उपाध्यक्ष हर्क बिष्ट, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविन गिरि, महासचिव विदुर शर्मा, एनसिसीका महासचिव दिपक थापा, सल्लाहकार डा. बोजिन्द्र तुलाचन, डा. लोक आचार्य, अमर छन्त्याल, टंक पाइजा पुन, रत्न छन्त्याल लगायतको उपस्थितिमा अधिवेशन भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...