बेनी, । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीले संगठन विस्तार र सुदृढीकरण अभियान थालेको छ ।
म्याग्दीका क्याम्पस तथा विद्यालयहरुमा सदस्यता विस्तार, संगठन निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको संगठनले जनाएको छ । अभियान अन्तरगत शुक्रबार बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी माविमा कृति सुवेदीको अध्यक्षतामा २९ सदस्यीय इकाई कमिटि गठन भएको अखिल क्रान्तिकारीका गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलले जानकारी दिनुभयो ।
केही दिनअघि बेनीमा जिल्ला भेला गरेर सन्दिप खत्रीको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको संगठनले अन्य क्याम्पस र विद्यालयहरुमा पनि संगठन निर्माण र पुर्नगठन गर्ने जनाएको छ ।