राष्ट्रसेवकहरुबीचको विभेद हटाउन मालिकाका कर्मचारीको माग

Gandaki Ghumau

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले सबै कर्मचारीले अपनत्व हुने गरी निजामती सेवा ऐन ल्याउन माग गरेका छन ।

जारी हुने चरणमा रहेको निजामती सेवा ऐन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर दिने खालको हुनुपर्ने मालिका गाउँपालिका म्याग्दीमा कार्यरत कर्मचारीहरुले माग गरेका छन । निजामती सेवा ऐनमा आफ्ना मागहरू सम्बोधन गर्न माग गर्दै मालिकाका प्रमुख प्रशासकीय अधिकृत चुणबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल सरकारले ऐनमै कर्मचारीलाई भेदभाव गरेमा मनोबलमा असर पर्ने भन्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण पत्र समेत पठाउने तयारी गरिएको मालिका गाउँपालिकाका अधिकृत मनिष शर्मा अधिकारीले बताउनुुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

‘जनताको सबैभन्दा नजिक रहेर सेवा प्रवाह गर्ने कर्मचारीलाई निजामतीको परिभाषामा नसमेट्नु गम्भीर भुल हुनेछ,‘देशैभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन’ अधिकारीले भन्नुुभयो । उहाँका अनुसार ज्ञापनपत्रमार्फत प्रस्तुत गरिएका माग पुरा नभए काठमाडौ केन्द्रित सडक आन्दोलन समेत गर्ने स्थानीय तहका कर्मचारीहरुको तयारी रहेको छ ।

निजामती सेवा ऐनको अभावमा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता सामान्य अधिकारबाट समेत बञ्चित हुने, ऐनको अभावले गर्दा स्थानीय तहका कर्मचारीहरुले निजामती अस्पतालको सहुलियतपूर्ण सुबिधा लिनबाट समेत बन्चित जस्तै अन्य धेरै सुविधाहरु समेत प्रयोग गर्न नपाउने अवस्था भएपछि बाध्य भएर आन्दोलित भएको कर्मचारीको भनाई छ ।

यसैबीच म्याग्दीको मालिका गाउँपालिकामा पालिकास्तरमा संघर्ष समिति समेत गठन भएको छ । अशोक रिजालको सयोजकत्वमा संघर्ष समिति गठन गरेको जनाईएको छ । साथै रास्ट्रसेवक कर्मचारीहरुले जिल्ला र केन्द्रिय तहमा हुने संघर्षका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनका लागि प्रतिनिधि समेत छनोट गरेका छन ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...