बेनीे बजार सजावटमा पलास्टिकको विकल्पमा कपडाको तोरुण प्रयोग हुने

Gandaki Ghumau

बेनी, । म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा बजार सजावटका लागि पलास्टिकको तोरुण प्रयोग नहुने भएको छ ।

बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारमा अब पलास्टिकको तोरणको विकल्पमा कपडाको ध्वजा सहितको तोरण प्रयोग गरिने भएको छ । गत हप्ता बेनीमा भएको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनमा तयार पारिएको कपडाको तोरणलाई बजारमा नियमित प्रयोग ल्याउन लागिएको हो ।

बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले जेसीज सम्मेलनका लागि तयार पारिएको कपडाको तोरण टोल विकास संस्थाहरुलाई उपलब्ध गराइएको जानकारी दिनुभयो । “टोल विकास संस्थालाई तोरणको संरक्षण र प्रयोगको जिम्मा लगाइएको छ,” उहाँले भन्नुभयो “पुन प्रयोग गर्न नमिल्ने र वातावरण प्रदुषण हुने भएकाले पलास्टिकको तोरणको विकल्पमा कपडाको प्रयोग गर्न थालिएको हो ।”

Shreekrishna
Gunasthariya Shiksya

जेसीज सम्मेलनको लागि २५ जनाले करिब एक महिना लगाएर २२ किलोमिटर १९० मिटर कपडाको तोरण सिलाएका थिए । म्याग्दी, बागलुङ टेलरिङ संघ, पोखराको वविन टेलरिङ र भैरहवाकी सञ्जु सेच्चुरीले तोरण बनाउने कपडा सहयोग गर्नुभएको थियो ।

थप रु. एक लाख ६५ हजार मूल्य बराबरको कपडा खरिद गरेर जेसीजले २५ जना टेलरिङ व्यवसायीलाई तोरण सिलाउन जिम्मेवारी दिएको थियो । तोरण सिलाए वापत जेसीजले संघलाई रु. एक लाख नगद उपलब्ध गराउनुका साथै बुधबार व्यवसायीहरुलाई सम्मान जेसीज सम्मेलनका निर्देशक सुविन श्रेष्ठले बताउनुभयो ।

“जिल्लामा हुने सभा, समारोह, सम्मेलनका क्रममा एक पटकमा तोरण खरिद गर्न मात्र रु. दश लाख भन्दा बढी खर्च हुने गरेको थियो,” उहाँले भन्नुभयो “पुन प्रयोग गर्न नमिल्ने पलास्टिकको तोरणले वातावरण प्रदुषण र खर्च बढाएपछि विकल्पमा तयार पारिएको कपडाको तोरण एक पटक सिलाएपछि दश वर्षलाई हुन्छ ।”

टेलिरिङ व्यवसायी संघका अध्यक्ष गोपाल परियारले रु. दश लाख भन्दा बढी मूल्य बराबरको तोरण तयार पारिएको बताउनुभयो । बेनी बजारको ७५ प्रतिशत भागमा पुग्ने गरि तोरण बनाइएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...