खोरीयाका आगलागी पिडितलाई राहत

Gandaki Kotihome

बेनी, । म्याग्दीको धवलागिरी गाँउपालिका –२ खोरीयाका आगलागी पीडित टिका पुर्जाको परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा म्याग्दी जिल्लामा संगम म्याग्दीद्वारा सञ्चालित एकिकृत विकास परियोजनाको स्पोन्सर्सिप कार्यक्रममा आवद्ध बालिका सुस्मिता पुर्जाको घरमा आगलागी भई सम्पूर्ण खाद्यान्न, लत्ता कपडा र घरसमेत ७० प्रतिशत जलेकोले तत्कालको लागि राहत स्वरुप उक्त सामाग्री वितरण गरिएको कुरा परियोजना संयोजक रमेश बुढाले वताउनुभयो ।

Annapurna aarohan ko notice

वडा अध्यक्ष अक प्रसाद वि.क, कार्यपालिका सदस्य एंव वडा सदस्य फुलमाया वुढा. सामुदायिक विकास समिति सदस्य ससिमाया पाईजा, संगम म्याग्दीका कर्मचारी नवराज पुन, गुड नेवर्स इन्टरनेशनलका कर्मचारी र अन्य छिमेकीहरुको रोहवरमा उक्त राहत सामाग्री वितरण गरिएको थियो । करिव १७ हजार पाँच सय वरावरको ओड्ने, ओच्छाउने कपडा, खाद्यान्न तथा पकाउने भाँडाकुडाहरु वितरण गरि तत्काललाई राहत पुगोस भनि उक्त सामाग्रीहरु वितरण गरिएको गुड नेवर्स इन्टरनेशनलका कर्मचारी सुर्यमान नगरकोटीले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

गत असोज २ गतेका दिन साझ ७ बजे अगेनोबाट आगो सल्की ७० प्रतिशत घर जलेर नष्ट भएको र सोही घरभित्र रहेका आलु ६ मुरी, जौ १ मुरी, मकै १.५ मुरी, कोदो १ मुरी, सोलार वत्ति, पकाउने भाँडाकुडाहरु र लगाउने तथा ओच्छाउने लत्ता कपडा लगायतको क्षति भएकोे थियो । आगलागी भएको भोलीपल्टै धवलागिरी गाँउपालिकावाट नगत रु २५ हजार, एक वटा त्रिपाल र ३ वटा व्लाङकेट सहयोग भएको थियो ।

प्रायोजन कार्यक्रममा परेका बालबालिकाहरुको घर तथा समुदायमा यस्ता खालका आपत विपत आईपरेमा, स्वास्थ्यमा जटिलता देखा परेमा यस्ता खालका सहयोगहरु वितरण गरिने संगम म्याग्दीका शिक्षा तथा संरक्षण अधिकृत विश्वनाथ आचार्यले जानकारी दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...