मालिकाको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउन छलफल

Gandaki Pardesh notice

बेनी । मालिका गाउँपालिकाको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि बिहीबार दरवाङमा प्रारम्भिक छलफल सम्पन्न भएको छ ।

युएसआइडीको सहयोगमा पारिस्थितिक प्रणालीमा आधारित अनुकल तथा कोभिड–१९ प्रतिकार्यका लागि स्थानीय सरकारको क्षमता विकास कार्यक्रम अन्तरगत हरियो बन कार्यक्रमले योजना बनाउन लागेको हो ।

प्राकृतिक बिपद् र महामारीको जोखिम आँकलन गरेर क्षति न्युनीकरण, विपद् पछिको ब्यवस्थापन लगायतका योजना निर्माण गर्न गाउँपालिकाका पदाधीकारी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिकर्मी, रेडक्रसकर्मी, युवा क्लव लगायत सरोकारवालाहरुबीच छलफल भएको थियो ।

Shreekrishna hardwear in news

हरियो बन कार्यक्रमका टिम लिडर भुपमणी दाहालले पालिकाका सरोकारवालाहरुको सुझाव, स्थलगत अध्ययन, जोखिमको पहिचान, क्षत्ति न्युनीकरणका उपाय र विपद्पछिको उद्धार, राहत र ब्यवस्थापनका लागि योजना तयार पारेर मंसिर महिनासम्म पालिकालाई बुझाउने बताउनुभयो ।

Bhautik ministry notice about road

पहिरो, कटान, बाढी, भूक्षय, आगलागी, हावाहुरी, हिमपात, असिना, चट्याङ् आदी प्राकृतिक बिपद्को पहिचान र क्षति न्युनिकरणका उपाय सहित मंगला, मालिका र धवलागिरी गाउँपालिकाको समेत विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउन लागेको हरियो बन कार्यक्रमले जनाएको छ ।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले पुर्वतयारी र प्रतिकार्य योजनाले विपद्को क्षति न्युनीकरणका साथै उद्धार, राहत र ब्यवस्थापन सहज हुने बताउनुभयो । अधिकृत सोमबहादुर खत्रीले कार्यक्रमको सञ्चालन गर्नुभएको कार्यक्रममा दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

छलफलपछि योजना बनाउन सुझाव संकलन गर्न विभिन्न बिषयगत क्षेत्रसँग सम्बन्धित ७ वटा समिति बनायएको छ । यसपालिको बर्खामा मालिका गाउँपालिकामा ८ जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् ।

मालिका गाउपालिकामा पहिरोबाट ६२ वटा घर भत्किएका र १४ परिवारको कुनै पनि ठाउँमा जग्गा नभएको अवस्था छ । साथै बिद्यालय, खानेपानी, सडक र सिचाई आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...