कोरीयाबाट फर्किएका पूर्णगाउँका हरि खत्रीको लोभलाग्दो गोलभेडा खेती

Gandaki Ghumau

बेनी, । रोजगारी, पेशा र व्यवसायका लागि विदेश गएकाहरु उतै स्थायी रुपमा बसोबास गर्ने क्रम बढ्दो छ । विदेशमा राम्रो कमाई गरेर फर्किएकाहरु पनि गाउँबाट बसाईसराई गरेर सहरमा झर्ने गरेका छन् ।

विदेशिने र गाउँबाट सहर पस्नेको भिडमा म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका २७ वर्षीय हरि खत्री अपवाद बन्नुभएको छ । भाषा परिक्षा उतिर्ण गरेर पाँच वर्ष दक्षिण कोरीयामा रोजगारी गरेर फर्किएका खत्रीले गाउँमै कृषि उद्यम गर्नुभएको हो ।

“सहरबजारको सुखसयल भन्दा पनि मलाई गाउँकै माटो र भूगोल प्यारो लाग्यो,” उहाँले भन्नुभयो “फुर्सदको समय सदुपयोग र स्वरोजगार बन्न कृषि उद्यम गरेको हो ।” कोरीयामा निर्माण सम्बन्धी काम गर्नुभएका खत्रीको आम्दानी राम्रो थियो ।

Shreekrishna

कोरीयाबाट फर्कीएपछि खत्रीले एक वर्षअघि स्थापना गर्नुभएको विनायक कृषि तथा पशुपंक्षी फार्ममा २२ वटा बाख्रा छन् । तीन वटा सेमिहाइटेक टनेलभित्र टमाटर खेती गर्नुभएको छ । गत वैशाख अन्तिम साता लगाउनुभएको उईनसरी जातको टमाटरले भदौ दोस्रो सातादेखि उत्पादन दिन थालेको थियो ।

Gunasthariya Shiksya

“एक महिनामै रु. दुई लाख मूल्य भन्दा बढीको दुई हजार १३५ किलोग्राम टमाटर बेनीमा बिक्री गरे,” उहाँले भन्नुभयो “राम्रो स्याहार सुसार गर्ने हो भने अझै तीन महिना उत्पादन लिन सकिन्छ ।” प्रतिकिलो रु. ८५ देखि १२० का दरले टमाटर बिक्री भएको छ ।

तराई र भारतबाट टमाटर आयात नभएकाले यसपाली स्थानीय टमाटरले राम्रो मूल्य र बजार पाएको कृषकहरुले बताएका छन् । खत्रीले एकै महिनामा फार्म स्थापना गर्दा भएको लगानी उठाउनुभएको छ ।

कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा खत्रीलाई फार्म स्थापना गर्न रु. दुई लाख अनुदान उपलब्ध गराएको थियो । अनुदानमा थप रु. दुई लाख लगानी गरेर फार्म स्थापना गरेको खत्रीले बताउनुभयो ।

खत्रीलाई टमाटर खेतीमा परिवारका अन्य सदस्यहरुले पनि साथ दिएका छन् । वातावरण अनुकुलित सेमिहाइटेक प्रविधिको टनेलभित्र किरा प्रवेश गर्न नपाउने हुँदा रोगको समस्या कम हुन्छ । कृषि ज्ञान केन्द्र म्याग्दीका निमित्त प्रमुख सञ्जिव बास्तोलाले अनुदानका कार्यक्रमले युवालाई व्यवसायिक कृषिमा आकर्षित गर्न सहयोग पुगेको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...