म्याग्दीमा आलु खेती प्रर्वद्धन गर्न तीन करोडको कार्यक्रम

Gandaki Kotihome

बेनी, । म्याग्दी जिल्लामा खायन आलु र फलफुलबाली विकास आयोजना लागू भएको छ ।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु र फलफुल बाली विकास आयोजना कार्यक्रम सञ्चालन गर्न म्याग्दीमा करिब रु. चार करोड बजेट पठाएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका निमित्त प्रमुख सञ्जिव बाँस्तोलाले आलु र सुन्तलाजात फलफुल खेतीलाई जोड गरेर आयोजना लागू गरिएको जानकारी दिनुभयो ।

“म्याग्दीमा आलु र सुन्तलाखेतीको सम्भावना भएकाले यसको खेती विस्तार र बजारीकरणमा सघाउन आयोजना लागू गरिएको हो,” उहाँले भन्नुभयो “आयोजना मार्फत कृषक र कृषक समूहलाई कुल लागतको ५० लेखि ७५ प्रतिशत सम्म अनुदान उपलब्ध गराउने कार्यबिधी छ ।”
समुदाय स्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रर्वद्धन आयोजना अन्तरगत म्याग्दीमा १२५ हेक्टर क्षेत्रफलमा खायन आलु उत्पादन प्रर्वद्धन कार्यक्रमका लागि रु. तीन करोड बजेट प्राप्त भएको निमित्त प्रमुख बास्तोलाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

खायन आलु कार्यक्रमका लागि कम्तीमा दश घरधुरी संलग्न भई न्युनतम ३० रोपनी क्षेत्रफलमा कृषक समूह र सहकारी मार्फत आलु खेती गर्नुपर्ने सर्त सहित प्रस्ताव आव्हान गरिएको छ । स्थानीय बिउ प्रयोग गरेर आलु खेती बिस्तार र उपभोगका लागि बिक्री बितरण गर्ने चक्र चलाउने खायन आलु उत्पादन कार्यक्रमको उद्देश्य हो ।

स्थानीय जातको आलुको संरक्षण, खेती बिस्तार र आयआर्जन बृद्धीमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ । म्याग्दीमा एक हजार ६५० हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा यस वर्ष २५ हजार ४१० मेट्रिक्टन उत्पादन भएको छ ।

अघिल्लो वर्ष एक हजार १४५ हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा २३ हजार ७९३ मेट्रिक्टन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन बढेको केन्द्रका प्राविधिक सम्झना आचार्यले बताउनुभयो । म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ ।

यसैगरी फलफुल बाली विकास कार्यक्रम मार्फत सुन्तला र किवी खेती विस्तार, बगैचा सुदृढीकरण र बजारीकरणमा सघाउन रु. ७४ लाख बजेट आएको छ । दुई वटा फलफुल नर्सरी स्रोत केन्द्र स्थापनाका लागि रु. २० लाख, २० हेक्टर क्षेत्रफलमा खेती विस्तारका लागि रु. तीस लाख, ३० हेक्टरमा बगैचा व्यवस्थापन तथा सृढीकरण गर्न रु. १२ लाख बिनियोजन भएको छ ।
म्याग्दी जिल्लाबाट गत वर्ष रु. बीस करोड मूल्य बराबरको सुन्तला निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ७०६ हेक्टरमा सुन्तला जात फलफुलको खेती भएकोमा ३५५ हेक्टरको बोटले उत्पादन दिने गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...