एमालेको प्रदेश अधिवेशनका लागि म्याग्दीका तीन वटा पालिकामा सर्वसम्मत प्रतिनिधि छनौट

khali

बेनी, । नेकपा एमालेको आसन्न गण्डकी प्रदेश अधिवेशनका लागि म्याग्दीका तीन वटा स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन् ।

धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकाबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका र अन्य पालिकामा छनौटको क्रममा रहेको एमाले म्याग्दीका नेता खरमाया बिटालुले जानकारी दिनुभयो ।

khali

एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा म्याग्दीको मालिका गाउँपालिकाबाट अधिवेशनमा सर्वसम्मत प्रतिनिधिको रुपमा छनौट हुनुभएको छ । संविधानसभा सदस्य समेत रहनुभएका शर्मा प्रदेश अध्यक्षको दावेदारका रुपमा रहनुभएको छ ।

Shreekrishna hardwear in news

मलिका गाउँपालिकाबाट रामचन्द्र गौतम, बेगप्रसाद गर्बुजा, सिता गुरुङ, सुनिता बिक र सुर्य नेपाली छनौट हुनुभएको नेता बिटालुले बताउनुभयो । धवलागिरी गाउँपालिकाबाट थमसरा पुन, याम गर्बुजा, रेशम छन्त्याल, गणेश घर्ति र अकप्रसाद बिक छनौट हुनुभएको छ ।

रघुगंगा गाउँपालिकाबाट एमालेका जिल्ला अध्यक्ष देवेन्द्र कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, धनकुमारी सुनार र तेजकुमारी पुन छनौट हुनुभएको छ । बेनी नगरपालिका, अन्नपूर्ण र मंगला गाउँपालिकामा प्रतिनिधि छनौटका लागि छलफल जारी रहेको नेताहरुले जनाएका छन् ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...