मोना अस्ट्रेलीयाको फोटो प्रतियोगिताका बिजयीलाई पुरस्कार वितरण

Gandaki Kotihome

बेनी, ५ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयाले आयोजना गरेको फोटो प्रतियोगिताका बिजयीहरुलाई शुक्रबार बेनीमा पुरस्कार वितरण गरिएको छ ।

मोना अस्टे«लियाले गत साउनको ६ देखि ९ गतेसम्म म्याग्देलीहरु मार्फत म्याग्दीका पर्यटकीय स्थलको तस्विर संकलन गरेको थियो । प्राप्त भएका फोटोहरु मोना अस्टे«लीयाले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको थियो । साउन ३० गतेसम्म फेसबुकमा लाइक, कमेन्ट र सेयरको आधारमा सहभागी १३९ जना मध्यबाट प्रथम, दृतीय र तृतीय प्रतियोगी छनौट गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिका–५ शिखका सुरेन गुरुङले खिच्नुभएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्गोज पदमार्गमा पर्ने फुटफुटे झरनाको फोटोले १२ हजार ८४४ लाईक, दुई हजार ७१६ पटक शेयर, दुई हजार पाँच कमेन्ट र दुई लाख ३१ ह्जार ४७५ पटक रिच भएको आधारमा प्रथम घोषणा गरिएको थियो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

बेनी नगरपालिका –५ का अनुप बानियाँ द्वितिय, रघुगंगा गाउँपालिका ३ पिप्लेका भविन्द्र शाही तृतिय र बेनी नगरपालिका ७ की रेन्जिसा श्रेष्ठ सान्त्वना हुनुभएको छ । बानियाँले धवलागिरी हिमाल, शाहीले पिप्लेमा रहेको भगवति मन्दिर र श्रेष्ठले बेनी बजारको फोटो प्रतियोगितामा सहभागी गराउनुभएको थियो ।

प्रथम, द्वितिय, तृतिय र सान्तवनालाई क्रमश ः रु. २० हजार, रु. १० हजार, रु. पाँच हजार र रु. तीन हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको हो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, मोना अस्टे«लीयाका प्रतिनिधी असल केसीले पुरस्कार वितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा म्याग्दीका अग्रज फोटोग्राफरहरु अमर बानिया, प्रकाशकुमार श्रेष्ठ, सञ्जयकुमार श्रेष्ठ र भोजबहादुर रिजाललाई सम्मान गरिएको थियो । म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले भएको सामाजिक सञ्जाल फेसबुकमा फोटो प्रतियोगिता आयोजना गरिएको मोना अस्टे«लीयाका प्रतिनिधि केसीले बताउनुभयो ।

पुरस्कार वितरणका अवसरमा जिल्ला समन्वय समितिमा नदेखिएको म्याग्दी शिर्षकमा म्याग्दी पर्यटकीय सम्भावना बोकेका ठाउँहरुको तस्विर प्रर्दशनी गरिएको थियो । ४९ वटा तस्विर प्रर्दशनीमा राखिएको थियो । सो अवसरमा म्याग्दीको पर्यटकीय अवस्था, सम्भावना र चुनौतीका विषयमा छलफल भएको कार्यक्रम सञ्चालक राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...