संविधान दिवसको अवसरमा बेनीमा प्रभातफेरी

Gandaki Kotihome

बेनी, संविधान दिवस २०८० को अवसरमा बुधबार बिहान म्याग्दीको बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ ।

संविधान दिवस मुल समारोह समितिको आयोजनामा बेनी बजारमा प्रभातफेरी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय अगाडीको बिरेन्द्र चोकबाट शुुरु भएको झाँकी सहितको ¥याली हुुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिर चोक हुुदै पुुनः सोही ठाउँमा पुुगेर समापन भएको थियो ।

¥यालीमा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख राजकुुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुुलसीराम पौडेल, जिसस उपप्रमुख डिलकुुमारी खत्री, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने लगायत सहभागि हुुनुुभएको थियो ।

Shreekrishna hardwear in news

जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, सुुरक्षा निकाय र कार्यालयका प्रमुखहरु, उद्योग वाणिज्य संघ लगायत संघ संघ, कर्मचारीहरु, आमा समूहको सहभागिता रहेको ¥यालीमा नेपाल भाषा मंका खलले झाँकी प्रर्दशन गरेका थिए ।

Notice about ban dadalo

त्रिदिवसीय कार्यक्रम गरेर संविधान दिवस मनाउने कार्यक्रम अन्तरगत मंगलबार बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी तुुलसीराम पौडेलले जानकारी दिनुुभयो ।

सरकारी कार्यालय सरसफाई, दिप प्रज्वलन लगायतका कार्यक्रम तय गरिएको उहाँले बताउनुुभयो । स्थानीय तहहरुले पनि संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको जनाएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुुभएको स्मरणमा बुधबार देशभर हर्षोउल्लासका साथ संविधान दिवस मनाउने कार्यक्रम रहेको छ । संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी भएको आठ वर्ष पुुरा भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...