जेसिज सम्मेलनको तयारी अन्तिम चरणमा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । बेनीमा हुने नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र (ख) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले सम्मेलन स्थलमा मञ्च, बजारमा प्रवेशद्धार निर्माण र तुल ब्यानर राख्न थालिएको बताउनुभयो ।

“सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुको आवास व्यवस्थापन देखि उपहार दिने शालग्राम शिला र अल्लोका कपडा तयार बनाएका छौ,” उहाँले भन्नुभयो “होटलमा खानाका परिकार पनि मौलिक र स्थानीय बनाउने तयारी गरेका छौ ।”

Shreekrishna

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने सम्मेलनमा प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजा, प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र थापा, प्रदेश सांसद हरि भण्डारी, बिमला गौचन, स्थानीय तहका प्रमुख, उपप्रमुखहरुलाई आतिथिका रुपमा निम्ता गरिएको आयोजकले जनाएका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागीता जनाउने सम्मेलनले म्याग्दीको पर्यटन विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । म्याग्दीको मौलिकता झल्कने झाँकी प्रर्दशनीका साथै तस्विर प्रर्दशनी गर्ने कार्यक्रम रहेको छ ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँले म्याग्दीका धार्मिक, पर्यटकीय स्थलहरुको जानकारी मुलक पर्चा बनाइएको बताउनुभयो । म्याग्दी जेसिज स्थापाना भएको २५ बर्ष पुरा गरेको अवसरमा क्षेत्र ख सम्मेलन गर्ने अवसर प्राप्त भएको र यसलाई जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको बजारीकरणका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको शाखा अध्यक्ष बानियाँको भन्नुभयो ।

उहाँले सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च अनुमान गरिएको जानकारी दिदै सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने अनुमान गरिएको जानकारी दिनुभयो । सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगातातोपानी लगायत क्षेत्रमा भ्रमण गराउने समेत तयारी गरिएको छ ।

सम्मेलनमा सहभागी हुन आउनेहरुलाई म्याग्दीकै जंगलमा पाईने अल्लोबाट बनेका झोला र बेनीको बजारको गीत लेखिएको रुमाल र कालीगण्डकी पाईने शालीग्रामको उपहार दिने तयारी गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...