रेडक्रसद्धारा पहिरो पिडितलाई राहत बितरण

Gandaki Pardesh notice

बेनी । नेपाल रेडक्रस सोसाइटीले म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा पहिरोबाट आफन्त र घरबास गुमाएकाहरुलाई राहत वितरण गरेको छ ।

रेडक्रसको केन्द्रीय कार्यसमितिले जिल्ला शाखा मार्फत स्थानीय तह र वडा कार्यालय मार्फत समन्वय गरेर ९३ घरपरिवारलाई पाँच हजार रुपैयाँका दरले राहत वितरण गरेको हो ।

धारापानी ताकममा रेडक्रसका केन्द्रीय सदस्य तथा जिल्ला शाखा सभापति लेकबहादुर हमाल, कोषाध्यक्ष नवराज पौडेल, प्रदेश उपाध्यक्ष बिष्णु रोका तथा बिम र मराङमा उपसभापति काशीराम रेग्मी, मन्त्री यामबहादुर चोखाल र उपकोषाध्यक्ष मोतिराज गौतमको टोलीले राहत वितरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

सोही क्रममा मराङका पहिरो पिडितहरुलाई लायन्स क्लव अफ काठमाडौ धौलागिरीले पठाएको पचास हजार बराबरको न्यानो कपडा वितरण गरिएको थियो । क्लबले यसअघि देबिस्थान र मंगलाका पहिरो पिडितहरुलाई पनि पचास हजार बराबरको कपडा उपलब्ध गराएको थियो ।

रेडक्रसले पहिरो लगत्तै प्रभावित ठाउँमा पुगेर उद्धार, क्षतिको बिबरण संकलन, बन्दोबस्तीका सामान सहित गैरखाद्यान्न राहत उपलब्ध गराएको थियो ।

Bhautik ministry notice about road

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...