सञ्चारिका समूह म्याग्दीको अध्यक्षमा जि.सी, रेग्मीलाई सम्मान

khali

बेनी, । सञ्चारिका समूह म्याग्दीको शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट देवी जि.सी.को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।
समूहको उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा विष्णु गौतम सापकोटा, सहसचिवमा कल्पना खड्का र कोषाध्यक्षमा मनु थापामगर चयन हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा सुनिता केसी, सुमित्रा थजाली, जानुका अधिकारी, तेजकुमारी बानियाँ, ज्ञानुकुमारी बानियाँ केसी, सुमित्रा क्षत्री खत्री, धनमाया श्रेष्ठ र स्वच्छा बानियाँ जिसी चयन हुनुभएको छ ।
म्याग्दी जिल्लामा पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै महिला पत्रकार रेखाकौशल रेग्मीलाई दोसल्ला ओढाएर नगद रु. तीनहजार सहित सम्मान गरिएको थियो ।

khali


सम्मानित रेग्मी धवलध्वनी साप्ताहिक पत्रिकाको प्रकाशक सम्पादक, म्याग्दी बहुमुखी क्याम्पसमा पत्रकारिता विषयमा अध्यापनका साथै महिला अधिकार र शसक्तिकरणको क्षेत्रमा कलम चलाउदै आउनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्नुुहुदै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले महिलाहरुको सवाललाई सञ्चारमाध्यमबाट प्राथमिकताका साथ बाहिर ल्याउनुपर्ने बताउनुभयो । उहाँले महिला पत्रकारहरुको क्षमता अभिवृद्धि र विकासका लागि प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले वर्तमान परिस्थितिमा देशको अर्थतन्त्रमा सुधार आउने गरी पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला पत्रकारको उत्पादन र व्यवस्थापनमा सञ्चारिका समूह लाग्नुपर्ने बताउँदै नगरपालिकामार्फत आवश्यक सहयोग उपलब्ध हुने बताउनुभयो ।
बेनी नगरपालिकाका निवर्तमान नगर उपप्रमुख सन्जु बरुवालले सञ्चारिकाले जिल्लामा महिला पत्रकारको क्षमता अभिवृद्धि र महिलाको व्यक्तित्व तथा नेतृत्व विकास गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला मालपोत कार्यालय म्याग्दीका प्रमुख साधनाकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेल, सञ्चारिका समूह नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष विष्णु गौतम र सम्मानित व्यक्तित्व रेखाकौशल रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सञ्चारिका समूह म्याग्दीका अध्यक्ष देवी जिसीको अध्यक्षता, सचिव विष्णु गौतम सापकोटाको सञ्चालन र कार्यसमिति सदस्य सुमित्रा थजालीको स्वागतमा सम्पन्न भएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...