बेनीमा मोनाको पाँचौ महाधिवेशनको तयारी

Gandaki Ghumau

बेनी, । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन असोज अन्तिम साता बेनीमा हुने भएको छ ।

मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि पाँचौ महाधिवेशन आगामी असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने जानकारी दिएको हो । मोनाले अहिलेसम्म २८ देशमा राष्ट्रिय कार्यकारी समितिको शाखा विस्तार गरिसकेको छ ।

Gunasthariya Shiksya

महाधिवेशनमा शाखाबाट सहभागि प्रतितिनिधहरुबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व चयन हुने मोनाका सचिव सुवोध बरुवालले जानकारी दिनुभयो ।सदरमुकाम बेनीमा हुने महाधिवेशनमा विविध सांस्कृति तथा खेलकुद कार्यक्रम आयोजना गरिएको सचिव बरुवालले बताउनुभयो ।

Shreekrishna

महाधिवेशन हुनु पूर्व असोज २४ र २५ गते बेनीस्थित खुल्लामञ्चमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेको छ । म्याग्दीका ६ पालिकाबाट २५ बर्ष मुनिका खेलाडी सहभागी हुन पाउने छन् । पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई क्रमशः एक लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयाँ रहेको सचिव बरुवालले जानकारी दिनुभयो ।

उहाँले यस प्रतियोगितामा २०५७ सालपछि जन्मिएका खेलाडीमात्र सहभागि हुने पाउने बताउनुभयो । प्रतियोगितामा उतकृष्ट खेलाडीलाई १० हजार रुपैयाँले पुरस्कृत गरिने छ । महाधिवेशनको अवसरमा मोना मिनी म्याराथुन प्रतियोगिता समेत आयोजना गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...