म्याग्दी पुुस्तकालयमा अम्बिक

Gandaki Kotihome

बेनी, । म्याग्दी सामुदायिक पुस्तकालयको शनिबार बेनीमा सम्पन्न २९ औ साधारणसभा तथा नवौ अधिवेशनबाट अध्यक्षमा अम्बिक श्रेष्ठ निर्विरोध चयन हुुनुुभएको छ ।

अधिवेशनबाट निर्वतमान अध्यक्ष सन्तोष रावल, उपाध्यक्ष सुमन पौडेल,सचिव नवराज पौडेल, कोषाध्यक्ष हरिकृष्ण गौतम, साहित्य सचिव दिपक पौडेल र सह–सचिव रञ्जिता शेरचन रहनुुभएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा प्रमिला जोशी श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ (दिपु), रेखाकौशल रेग्मी, राजु केसी, हरिप्रसाद पौडेल, लक्ष्मण कटुवाल केसी र नविन खत्री छन् । अधिवेशनको उद्घाटन गदैं जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाले भिडियो सेयरिङ प्लेटफर्म तथा सामाजिक सञ्जालको प्रयोगका कारण पछिल्ला समयमा पठन संस्कृति कम हुँदै गएको बताउनुुभयो ।

Upper Myagdi transmition line notice

उहाँले कलिला बालबालिकादेखि बृद्धबृद्धासम्मलाई पुस्तकालयमा पूर्वाधार विकाससँगै पठन संस्कृति बढाउने प्रयास गर्नुपर्ने बताउनुुभयो । नेपाल पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेले समयको परिवर्तनसँगै पुस्तकालयमा पाठकको माग अनुसार पुस्तक तथा पाठ्य सामाग्री राखिनु आवश्यक रहेको बताउनुुभयो ।

Annapurna aarohan ko notice

साधारणसभा तथा अधिवेशनमा बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेलले सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै पाठ्यपुस्तकलाई डिजिटलाइज तथा पाठक आर्कषित गर्ने कार्यक्रमहरुमा जोड दिनुुभयो ।

साधारणसभा तथा अधिवेशनको अवसरमा सुदिप मेमोरियल ट्रष्टद्धारा हरेक बर्ष म्याग्दीमा प्लस टूमा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई नगद सहित सम्मान गर्ने गरी रु. दुुई लाखको अक्षयकोष समेत हस्तान्तरण गरिएको थियो ।

त्यस्तै करिब डेढ दशक पुस्तकालयको नेतृत्व गरी संस्थागत विकास तथा आर्थिक ब्यवस्थापन लगायतमा उल्लेखनी योगदानको कदर गदैं निर्वतमान अध्यक्ष सन्तोष रावल कदरपत्रले सम्मान गरिएको थियो । त्यस्तै बर्षभरी धेरै पुस्तक पढ्ने रामप्रसाद पौडेल कुस्मा नगरपालिका(९ पर्बत, शिक्षा कार्की पर्वत जलजला गाउँपालिका–३ पर्बत लामाखेत र कमल छन्त्याल धवलागिरि गाउपालिका–१ गुर्जालाई कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता तथा स्वागत सन्तोष रावल, सञ्चालन सहसचिव नवराज पौडेल, आर्थिक प्रतिवेदन अम्बिक श्रेष्ठले प्रस्तुत गर्नुुभएको थियो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पुस्तकालय सञ्चालन तथा समुदायस्तरमा पुस्तकालयका गतिविधि र संस्थागत विकासको योजना सहित अगाडी बढ्ने बताउनुुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...