किशोर किशोरीलाई बर्षेनाच तालिम

Gandaki Ghumau

बेनी, ः बेनीको मौलिक बर्षेनाचको पुस्तान्तरण गर्ने किशोर किशोरीलाई तालिम दिइएको छ ।

नेपाल भाषा मंका खःल म्याग्दीले बेनीका किशोर किशोरीहरुका लागि वर्षेनाच अन्तरगतको रोपाई र जोगी नाच सम्बन्धी तालिम सञ्चालन गरेको हो । भदौ १८ गते शुरु भएको तालिम असोज १ गतेसम्म सञ्चालन हुने नेपाल भाषा मंका खःल म्याग्दीका उपाध्यक्ष कुबिर श्रेष्ठले जानकारी दिनुभयो ।

“बेनीको मौलिक बर्षेनाच नाच्ने कलाकारको अभाव भएपछि विद्यालयमा पढ्ने किशोर किशोरीहरुलाई तालिम हौ,” उहाँले भन्नुभयो “बर्षे नाचको सिप र कला पुस्तान्तरण गर्ने तालिमको उद्देश्य हो ।”

Shreekrishna

बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाको सहयोगमा सञ्चालन भएको तालिममा ५० जना किशोर किशोरीहरु सहभागि भएका छन् । बेनी सामुदायिक, प्रकाश मावि र बेनीका निजी विद्यालयका इच्छुक विद्यार्थीहरुलाई तालिममा सहभागि बनाइएको छ ।

रोपाई नाचमा ३० जना र जोगी नाचमा १० जना कलाकार आवश्यक पर्छ । पुराना कलाकार वृद्ध भएका, कतिपयको निधन भएको, युवाहरु विदेशिने र नयाँ कलाकारमा सिप हस्तान्तरण नहुँदा वर्षेनाच सञ्चालन गर्न कलाकार अभाव हुन थालेको छ ।

Gunasthariya Shiksya

दुई सय वर्षदेखि हरेक बर्ष बेनी बजारमा एक महिनासम्म देखाइने बर्षेनाच नाच्ने कलाकार अभाव हुन थालेपछि नयाँ पुस्तालाई सिप हस्तान्तरण गर्ने प्रयास गरिएको नेपाल भाषा मंका खःल म्याग्दीका पुर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

“धान रोपाई सकेपछि मनोरञ्जनका लागि नेवार बाहूल्य बस्ती बेनी बजारमा घण्टाकर्ण चतुर्थी देखि हरितालिका तिजसम्म बर्षेनाच प्रर्दशन गर्ने चलन छ,” उहाँले भन्नुभयो “बर्षेनाच अन्तरगत देखाइने विभिन्न नाचहरु बेनीको मौलिक पहिचान हो । यसको संरक्षण गर्न पुस्तान्तरणको आवश्यकता महशुस गरिएको हो ।”

यसअघि नेवार समुदायका पुरुष कलाकारहरुले मात्र नाच्ने बर्षेनाचमा पछिल्लो समय अन्य समुदाय र महिला कलाकारलाई पनि सहभागि गराउन थालिएको श्रेष्ठले बताउनुभयो । यो वर्ष बेनी बजारमा लाखे नाच, घोडा नाच, गाईजात्रा सपारु, नागानागिनी, श्रीकृष्ण रथयात्रा, गोरु नाच, रोपाई नाच, धानको बाला नाच देखाउने खःलले जनाएको छ ।

वर्षे नाचमा परापूर्व कालमा समाजमा दुख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खे नाचमा देखाउने गरिन्छ ।

बर्खेनाच अन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिन्छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...