बेनीमा इस्कोनको श्रीकृष्ण जन्माष्टमीमा धार्मिक कार्यक्रम आयोजना

Gandaki Ghumau

बेनी, । इस्कोनले बेनीमा बुधबार श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा धार्मिक कार्यक्रम आयोजना गरेको छ ।

Gunasthariya Shiksya

इस्कोनले मंगलबार बेनी स्थित कार्यालयमा पत्रकार भेटघाट गरेर श्रीकृष्ण जन्माष्टमी २०८० को अवसरमा बुधबार जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम आयोजना गरिएको जानकारी गराइएको थियो ।

इस्कोन म्याग्दीका प्रमुख गधाई गौराङ्ग दासले भदौ २० गते बिहान ३ बजेदेखि राती १२ बजेसम्म जिसस सभाहलमा धार्मिक कार्यक्रम हुने बताउनुभयो । महाअभिषेक, दिप दान, सांस्कृतिक कार्यक्रम, किर्तन, प्रवचन र प्रसादम्को कार्यक्रम रहेको जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...