बेनी बोर्डिङका विद्यार्थीलाई पर्वका बारेमा व्यवहारिक शिक्षा

Gandaki Ghumau

बेनी, । बेनी आवासीय माविले नेपालका चाडपर्व र कला संस्कृतिका बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले विविधि कार्यक्रम गरेको छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वको पुर्वसन्ध्यामा विद्यालयको प्राङ्गनमा कार्यक्रम कृष्णराधा, लाखेनाच, नागनागनी नाच, तथा बाध्यबाधक बजाएका थिए । श्रीकृष्ण जन्माष्टमी पर्वको बारेमा जानकारी दिन विद्यार्थीहरुले श्रीकृष्ण भगवानको स्वरुप धारण गरेका थिए, कोहीको हातमा बासुरीसँगै छेउमा थुप्रै गोपिनी सहितको नृत्य समेत प्रस्तुत गरिएको थियो ।

भगवान श्रीकृष्णसँग सम्बन्धित रमाइला पक्षहरू प्रस्तुत गरिएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि विद्यालयका निर्देशक सनम बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम बोगटीले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई धर्म संस्कृतिका बारेमा बुझ्न सजिलो भएको बताएका थिए ।

Shreekrishna
Gunasthariya Shiksya

विद्यार्थीलाई किताबी ज्ञानबाहेक व्यवहारिक ज्ञान दिन विद्यालयले विभिन्न प्रकारका अतिरिक्त कार्यक्रमलाई प्राथमिकता दिएको प्रधानाध्यापक मोहन अधिकारीको भनाई छ । ‘व्यवहारिक शिक्षा अहिलेको आवश्यकता हो,’ उहाँले भन्नुभयो ‘चाडपर्वका बारेमा कलिलै उमेरमा जानकारी दिने तालिका नै बनाएका छौ ।’

बेनीमा बर्खेनाच अन्तरगत देखाइने विभिन्न नृत्यहरु प्रस्तुत गरेर विद्यार्थीले पुस्ता हस्तान्तरणको अभ्यासमा समेत विद्यालयले जोड दिएको छ । कार्यक्रमको अवसरमा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बेनीमा आयोजित बर्ख नाच अन्तरगतका विभिन्न नृत्यमा समेत सक्रिय सहभागी हुने गरेका छन् ।

विद्यार्थीलाई भविस्यमा बर्खे नाच अन्तरगतका गतिविधिमा सहभागीताका लागि सहज हुने गरी अतिरिक्त क्रियाकलाप अन्तरगत अभ्यास समेत गराउने गरिएको छ । कार्यक्रममा विद्यालयका प्रअ अधिकारीको अध्यक्षता, स्वागत शिक्षक सोभा बानियाँ, कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका सुमित्रा शर्मा र सरिता श्रेष्ठले गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...