दरवाङमा आधारभूत अस्पताल उद्घाटन, जनताको सपना साकार भएको पुर्व मन्त्री पुनको भनाई

khali

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल सञ्चालन भएको छ ।

मालिका गाउँपालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच शैया क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको हो । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गत असारको गाउँसभा र साउन १० गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार आधारभूत अस्पतालको सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“प्राथमिक स्वास्थ्य केन्द्रकोमा पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर पाँच शैयाको आधारभूत अस्पताल सञ्चालन गरेका छौ,” उहाँले भन्नुभयो “अस्पतालबाट मालिका, धवलागिरी र मंगला गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।” अस्पतालको सोमबार गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुुनले उद्घाटन गर्नुुभयो ।

Shreekrishna hardwear in news

आधारभूत अस्पताल सञ्चालन गर्न निक साइमन इन्टीच्युटले एक जना चिकित्सक, एक जना रेडियोग्राफर र एक जना स्टाफ नर्सको जनशक्ति सहयोग गरेको छ । एक जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका थप एक जना चिकित्सक आउनुुभएको छ ।
यसअघि १ जना चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी थियो । आधारभूत अस्पतालका लागि गाउँपालिकाले थप रु. ३२ लाख अनुदान दिएको अध्यक्ष गर्बुजाले बताउनुुभयो । निक साइमन इन्टिच्युटले रु. दश लाख मूल्य बराबरको उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाले रु. पाँच लाख मूल्य बराबरको औषधी व्यवस्थापन गरेको छ ।

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको गुुणस्तर सुुधार गरी अस्पताल बनाउन वि.स. २०७८ देखिनै प्रक्रीया शुुरु भएको थियो । शुुरुमा कोरोना अस्पताल र त्यसैलाई विस्तार गरी आधारभूूत अस्पताल बनाइएको हो ।

khali

प्राथमिक स्वास्थ्य केन्द्रबाट यसअघि आकस्मिक र कार्यालय समयमा स्वास्थ्य परीक्षण सेवा दिँदै आएको थियो । अस्पतालमा रुपान्तरण भएपछि चौबीसै घन्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालिएको छ । अस्पताल सञ्चालनपछि उपचार गर्न बेनी, बागलुङ, पोखरा, काठमाडौं लगायत सहरमा पुग्नुपर्ने बाध्यता हट्ने मालिका गाउँपालिका–६ का वडा अध्यक्ष पथबहादुुर रोकाले बताउनुुभयो ।

सदरमुकाम बेनीदेखि २४ किलोमिटर पश्चिममा रहेको सो केन्द्र २०७३ सम्म हेल्थ असिस्टेन्ट, अहेब, अनमी र नर्सको भरमा सञ्चालन हुँदै आएको थियो । हाल प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको ईसीजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधी पसल सञ्चालन गरेको छ ।

भवन बनाइएकाले शव परिक्षणको काम पनि दरवाङमै गर्ने तयारी भएको छ । दरवाङमा शवगृह नहुँदा दुर्घटना र आत्महत्या गरेर ज्यान गुमाएकाको शव परीक्षण गर्न बेनी ल्याउनुपर्ने समस्या छ । अस्पतालको उद्घाटन गर्नुुहुुदै पूर्व सामाजिक विकासमन्त्री पुनले पाँच शय्याको दरवाङ आधारभूत अस्पताल सञ्चालनमा आएपछि आम नागरिकको सपना पूरा भएको बताउनुुभयो ।

“कोही बिरामी परेमा डराउनु पर्ने अवस्था थियो, अब आफ्नै क्षेत्रमा दक्ष डाक्टरसहितको अस्पताल सुरु भएपछि बिरामी जनताको समयमै उपचार पाउने छन,” उहाँले भन्नुुभयो “म मन्त्री भएको समयमा केही सुगम स्थानमा कार्यक्रम गर्न लागेको थाहा पाएपछि कम्तीमा पनि दुर्गम स्थानमा यो सुविधा दिनुपर्छ भन्ने आग्रह बमोजिम यहाँ निक साइमन दरवाङ आएको हो ।”

उहाँले स्वास्थ्यकर्मीको व्यवहारले पनि बिरामीको आधा रोग निको हुन्छ, त्यसैले स्वास्थ्यकर्मीको व्यवहार पनि राम्रो हुन आवश्यक रहेको बताउनुभयो । स्थानीय जनप्रतिनिधि तथा प्रतिष्ठित व्यक्तिहरूले आफ्नो स्वास्थ्योपचार दरवाङमै गरेर जनविश्वासलाई बढाउने काम गर्नु पर्ने उहाँको भनाइ छ ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले सबैले निःस्वार्थ भएर काम गरेमा असम्भव केही नहुने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समितिका पूर्व अध्यक्ष सन्तनाथ जैसी, निक साइमनका तर्फबाट दरवाङ आधारभूत अस्पतालका कार्यक्रम स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठी, अधिकृत शुष्मा लामा, अस्पतालकी डाक्टर गायत्री पौडेल, उद्योग वाणिज्य सङ्घका लेखबहादुर पुनलगायतले मन्तब्य व्यक्त गर्नुुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...