एघार वर्षपछि बागलुङमा चार पाङग्रे सवारी चालक लाइसेन्सको आवेदन खुुल्यो

Gandaki Ghumau

बेनी, म्याग्दी लगायत साविक धौलागिरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा एघार वर्षपछि पुनः चारपाङग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ ।

बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिङ थापाले आइतबारदेखि बि.सि.ई.एफ र जि वर्ग (चार पाङ्ग्रे) सवारी चालक अनुुमतिपत्रका लागि आवेदन खुुल्ला गरिएको जानकारी दिनुुभयो ।

बागलुुङमा हाल ए र के वर्ग (दुुई पाङ्ग्रे) को मात्र परिक्षा सञ्चालन हुुने गरेको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन् ।

Shreekrishna

“ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आव्हान गरेका थियौ” उहाँले भन्नुभयो “प्रतिष्पर्धा मार्फत छनौट भएको धौलागिरी ड्राइभिङ सेन्टर प्रा.ली. बाग्लुङसँग भदौ पहिलो साता सम्झौता भएको थियो । यसै हप्ताभित्र टयल शुुरु गर्ने तयारीमा छौ ।”

Gunasthariya Shiksya

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्सिच्युटले बनाएको संरचना भाडामा लिएको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।

कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गरिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले बागलुङबाट चारपाङग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धवलागिरि क्षेत्र लाभान्वित हुने बताउनुभयो ।

“बागलुङमा चार पाङग्रेको टयल सञ्चालन गर्न मन्त्रालयले चासो र पहल लिएको छ”, उहाँले भन्नुभयो “बागलुङमा परीक्षा सञ्चालन नहुँदा कास्की लगायतका कार्यालयमा सेवाग्राहीको चाप पनि घट्छ ।”

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुन सकेको थिएन् । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् ।

सवारी चालक अनुमति पत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा गण्डकी प्रदेशबाटै सुरु भएको छ । तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता टिकाराम पौडेलले जानकारी दिनुभयो ।
यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनहरुको विवरण डिजिटलाइजेसन भएको छ । चालु आर्थिक वर्षमा अन्य यातायात कार्यालयमा रहेका सवारी साधनको अभिलेखलाई पनि डिजिटलाइजेशन गर्ने तयारी भएको छ । अभिलेखलाई डिजिटलाईजेशन गरेर सर्भरमा राखेपछि सेवाग्राही धेरै समय पालो पर्खेर बस्नुु नपर्ने, ढड्डा खोज्दा हुने समयको बचत र झञ्जट हटेको यातायात कार्यालय कास्कीका प्रमुख डिल्ली रिजालले बताउनुुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...