जलजलाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण, गाउँपालिका र वडा कार्यालय बन्द

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना (भाइरस) संक्रमण पुष्टी भएको छ ।

मंगलबार अध्यक्ष मल्ल र वडा न. ८ मा बस्ने २५ वर्षीय एक पुरुषमा कोरोना भाइरस पुष्टि भएपछि गाउँपालिका, शाखा र वडा कार्यालयहरुको सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माद्धारा जारी सूचनामा उल्लेख छ ।

Bhautik ministry notice about road

स्वास्थ्य अवस्था सामान्य हुनुभएका अध्यक्ष मल्ल पोखराको चरक अस्पतालको आइसोलेशनमा बस्नुभएको छ । आइतबार अध्यक्ष मल्ल सहित जलजला गाउँपालिकाबाट ४४ जनाको नमुना संकलन गरि पिसिआर बिधिबाट परिक्षणका लागि पोखरा लगिएको थियो ।

Shreekrishna hardwear in news

अध्यक्ष मल्ल केही दिनअघि काठमाडौ पुगेर फर्कनुभएको थियो । अध्यक्ष मल्ल र संक्रमित युवाको सम्पर्कमा रहेका व्यक्ति, परिवारका सदस्य, कर्मचारीहरुलाई पिसिआर परिक्षणको नतिजा नआउँदा सम्मका लागि होम क्वारेन्टिनमा बस्न लगाइएको छ ।

कर्मचारी र जनप्रतिनिधि क्वारेन्टिनमा बस्नुपर्ने तथा कोरोना फैलिने जोखिम भएकाले अर्को सूचना जारी नहुँदा सम्मका लागि बुधबारदेखि गाउँपालिका र वडा कार्यालय बन्द गरिने प्रशासकीय अधिकृत शर्माद्धारा जारी सूचनामा उल्लेख छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...