दिदिबहिनी सहकारीको मुट्ठिदान अभियानबाट कैदीबन्दीलाई सहयोग

Gandaki Pardesh notice

बेनी । बेनीको दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले मंगलबार म्याग्दी कारागारका कैदी बन्दीलाई खाद्यान्न सहयोग गरेको छ ।

सहकारीले सञ्चालन गरेको मुट्ठिदान अभियानबाट संकलित रकमबाट ११ हजार १११ रुपैयाँ बराबरको २ बोरा बासमति चामल, एक प्याक तेल, ७ किलोग्राम सिमिको दाल, एक किलो पापड, प्राउन, एक पोका मसला र दुई प्याक मास्क सहयोग गरेको हो ।

Bhautik ministry notice about road

दसै पर्वलाई लक्षित गरेर कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको संस्थाका अध्यक्ष ज्योती लामीछानेले बताउनुभयो । अध्यक्ष लामीछानेको नेतृत्वमा गएका सहकारीका सञ्चालकहरुले कैदी नाइके बसन्त रोकालाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

महिलाहरु मात्र सञ्चालक र सेयर सदस्य रहेर सञ्चालन भएको सहकारीले मुट्ठीदान अभियान मार्फत सामाजिक गतिबिधि गर्दै आएको छ । ७ जना महिला र २५ जना पुरुषको क्षमता भएको म्याग्दी कारागारमा हाल ९ जना महिला सहित १२६ जना कैदीबन्दी छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...