तालखोलामा ट्रस पुल बनेपछि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

पोखरा, । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता हटेको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा तालखोलामा पुल निर्माण भएको हो । तालखोलामा आवत जावत गर्न बनाइएको पक्कि कल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका २०० घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थीहरु तीन वर्षयता जोखिम मोलेर आवत जावत गर्दै आएका थिए ।

नयाँ पुल बनेपछि आधा भाग भत्किएर खोलामा खसेको पुलको सल्याबमाथि राखिएको बाँस र काठमा टेकेर जोखिमपूर्ण तवरले वारपार गर्नुपर्ने बाध्यताको अन्त्य भएको पोखरा–३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले बताउनुभयो ।

Shreekrishna

बर्खायाममा तालखोलामा बाढी आउँदा खोलाबाट वारपार बन्द हुने गरेको थियो । पुलबाट खसेमा खोलाले बगाउने अवस्था थियो । रु. दश लाखको लागतमा १८ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानियाले जानकारी दिनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“फलामको ट्रसको पुल बनाएर फिट गर्ने काम सकिएपछि आवत जावतका लागि प्रयोग भएको छ । पुलको दायाबायाँ साइडबार राख्न बाँकी छ । झरि रोकिने वित्तिकै साइडबार वेल्डिङ गर्छौ,” उहाँले भन्नुभयो “भौतिक मन्त्रालयको साठी प्रतिशत र महानगरको चालीस प्रतिशत लागत साझेदारीमा पुल निर्माण भएको हो ।”

पोखरा महानगरभित्र दुर्गम र विकट क्षेत्रको झल्को दिने हिसाबको भत्किएको पुलमा जोखिम मोलेर आवत जावत गर्नुपरेको स्थानीयबासीको गुनासो तथा विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भएको थियो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले गत साउन १४ गते सो ठाउँको स्थलगत निरिक्षण गरि दश दिनभित्र पुल निर्माण गर्न पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिनुभएको थियो । झरी र बर्षातको समयमा वेल्डिङ गर्न नपाउँदा केही दिन ढिलाई गरि पुल जडान सकिएको हो ।

मन्त्री जुग्जालीको निर्देशन, प्रतिवद्धता र महानगर तथा मन्त्रालयको सहमति अनुसार एक महिना भित्रनै पुल तयार भएको वडा अध्यक्ष अक्कलबहादुर कार्कीले बताउनुभयो । वडा अध्यक्ष कार्कीका अनुसार गत आर्थिक वर्षमा पोखरा महानगरले पुल मर्मत गर्न बजेट व्यवस्थापन गरेपनि समन्वयको कमीले कार्यान्वयन भएको थिएन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...