बेनी, । सामाजिक विकास कार्यालय म्याग्दीले उत्कृष्ट बाल क्लवको खोजी शुरु गरेको छ ।
राष्ट्रिय बाल दिवस २०८० को अवसरमा उत्कृष्ट काम गरेका बाल क्लवहरुलाई पुरस्कृत गरिने कार्यालयले जनाएको छ । भदौ ३ गते सूचना जारी गर्दै कार्यालयले स्थापना काल देखि हाल सम्म गर्दै आएका कार्यहरुको प्रगति र भावी कार्ययोजना सहित भदौ २५ गतेभित्र आवेदन पेश गर्न अनुरोध गरेको छ ।
छनौट भएका बाल क्लवहरुलाई प्रथम, दृतीय र तृतीय पुरस्कार प्रदान गरिने कार्यालय प्रमुख रमेश थापाले बताउनुभयो । प्रथम, दृतीय र तृतीय हुनेलाई क्रमश रु. दश हजार, आठ हजार र पाँच हजार पुरस्कार प्रदान गरिने थापाले बताउनुभयो ।