काठमाडौबाट बेनी आउदै गरेको बस दुर्घटनामा आठ जनाको ज्यान गयो

Gandaki Kotihome

बेनी, । काठमाडौबाट म्याग्दीको बेनी आउदै गरेको प्रदेश ३–०१–०५ ख ९९५२ नम्बरको बस बुधबार धादिङको गजुरी गाउँपालिका–२ बाट त्रिशुली नदीमा खस्दा आठ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउने आठ जनामध्ये रातीसम्म ६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार सनाखत भएकाहरू जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका– ८ का अन्दाजी २४÷२५ वर्षका सविन रम्तेल र कास्की फूलबारीका अन्दाजी २४÷२५ वर्षका सुमन थापा छन् ।

त्यस्तै पर्वत जिल्ला जलजला गाउँपालिका–६ की ४२ वर्षीया राधिका सापकोटा र पर्वतको मोदी गाउँपालिका–५ का ४५ वर्षीय झपटबहादुर क्षेत्रीको मृत्यु भएको एसपी मिश्रले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

बाँकी दुई मृतकको परिचय खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । चालक र सहचालक गरी बसमा २५ जना सवार थिए । तीमध्ये बाग्लुङ गलकोटका ६८ वर्षीया बुढामगर सामान्य उपचार गरी डिस्चार्ज हुनुभएको छ ।

बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का ३४ वर्षीय रोशन तामाङलाई सकुशल उद्धार गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर सोधपुछ भइरहेको एसपी गौतमले जानकारी दिनुभयो ।

Annapurna aarohan ko notice

दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरूलाई काठमाडौं ल्याई विभिन्न अस्पताल भर्ना गरिएको छ । एसपी गौतमका अनुसार नौ जनाको ट्रमा सेन्टर, चार जनाको वयोधा हस्पिटल, एक जनाको मेडिसिटी र एक जनाको बिएन्डबी अस्पालतमा उपचार भइरहेको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीको रघुगंगा गाउँपालिका– ७ का २९ वर्षीय प्रविन पुन, ४५ वर्षीया सुनिता छन्त्याल, बंगलादेश बस्ने सुदीप मण्डल, बेनी नगरपालिका–३ का २९ वर्षीय गौतम छन्त्याल छन् ।

अरू घाइतेहरूमा पर्वतको मोदी गाउँपालिका–१ का ४१ वर्षीय गुरूदत्त पौडेल, बसका चालका म्याग्दीको बेनी नगरपालिका–६ का ३० वर्षीय दीपक थापा, बेनी नगरपालिका–३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका– १ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका–९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका–२ का १६ वर्षीया गीता जुग्जाली छन् ।

त्यस्तै, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, ३२ वर्षीय बंगलादेशी नागरिक मोहमद हजिरहुल र म्याग्दीको रघुगंगा गाउँपालिका–६ की २३ वर्षीया रिना रानामगर घाइते छन् ।

साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । यसबारे अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिनुभयो । सोही बसमा काठमाडौको कलंकीबाट चढेका म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँका हरि अर्मजा वेपत्ता हुनुभएको आफन्तहरुले बताएका छन् । अर्मजासँगै एउटै गाडी चढेर बेनी आउदै गरेकी मंगला २ की गिता जुग्जाली घाइते हुनुभएको छ । अर्मजा र जुग्जाली आफन्त हुन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...