म्याग्दीमा सांगठनिक गतिबिधि आक्रामक बनाउदै माओवादी

khali

बेनी, । माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत भएका म्याग्दीको मंगला गाउँपालिका–३ का मोहनलाल कडेल करिब पाँच वर्षपछि बुधबार पुनः माओवादी केन्द्रमा फर्कनुभयो । बरंजाका सफल र मेहनती पशुपालक कृषकको परिचय बनाउनुभएका कडेलले पछिल्लो समय नेपाली काँग्रेसको राजनीति गर्नुभएको थियो ।

‘माओवादीका केन्द्र र जिल्लाका नेता तथा जनप्रतिनिधिहरुले शुसासन तथा विकासका लागि गरेका सकारात्मक कामले आशा पलाएको छ,’ उमेरले ७० वर्ष काटेका कडेलले भन्नुभयो ‘भूमिगत कालमा जस्तो सक्रीय भएर काम गर्न त नसकुला तर केही राम्रो काम गर्न खाजेकाले माओवादीलाई साथ दिन पुरानै पार्टीमा फर्किएको छु ।’

Shreekrishna hardwear in news

नेपाली काँग्रेसको मालिका गाउँपालिका सचिव तथा प्रदेश सभा क्षेत्र (ख)को प्रवत्ताको पद त्यागेर बुधबारनै माओवादी केन्द्रमा प्रवेश गरेका मालिका गाउँपालिका–७ का लोक पुनले म्याग्दीका विकास आयोजना भित्र्याउन र नागरिकको आवश्यकता तथा समस्या सम्बोधन गर्न माओवादीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरुले खेलेको भूमिकाबाट प्रभावित भएको बताउनुहुन्छ ।

“अरु पार्टी र नेताले भन्दा म्याग्दीमा माओवादीले नयाँ ढंगले काम गर्न थालेकाले प्रभावित भएर साथ दिन आवद्ध भएको हो,” पुनले भन्नुभयो “इच्छाशक्ति भएका नेताले साथ पाएभने अझै राम्रो काम गर्न सक्ने अपेक्षा गरेका छौ ।”

मालिका गाउँपालिका–७ का वडा सभापति टुकमान जुग्जाली, सोही वडाका प्रविण मगर लगायत १३ जना विभिन्न राजनीतिक दलमा आवद्ध र स्वतन्त्र व्यक्तिहरुलाई भित्र्याउदै माओवादीले म्याग्दीमा तीन महिने जनतासँग माओवादी विषेश रुपान्तरण अभियानको कार्ययोजना बनाएको छ ।

माओवादीका बेनी नगर कमिटि सचिव ज्ञानेन्द्र सुवेदीका अनुसार प्रवेश गर्नेहरुमा मंगला–५ का हरिप्रसाद सुवेदी, बुद्धीबल कडेल, केशव बिक, बेनपा ४ का दिपक सुवेदी, धर्मदत्त आचार्य, आसिस छन्त्याल, सन्तोष शर्मा, सुवास सुवेदी, जेरी नेपाली र रघुगंगा गाउँपालिका–६ का जगत पुन रहनुभएको छ ।

भदौ १६ गतेदेखि देशब्यापी रुपमा सञ्चालन गर्न लागेको रुपान्तरण अभियान म्याग्दीको ६ वटै स्थानीय तह र ४५ वटा वडा स्तरमा सदस्यता विस्तार, नविकरण, कार्यकर्ता प्रशिक्षण, जनवर्गीय संगठन निर्माणमा केन्द्रित हुने जिल्ला ईञ्चार्जको रुपमा म्याग्दीमा खटिनुभएका केन्द्रिय सदस्य गुप्तबहादुर हमालले बताउनुभयो ।

माओवादी गण्डकी प्रदेश कमिटिका सहईञ्चार्ज हरिराज अधिकारीले दिनको शुरुवात बिहानीले गर्छ भनेझै म्याग्दीमा अभियानको तयारी बैठकमै भएको पार्टी प्रवेशले उत्साहीत बनाएको बताउनुभयो । “वि.स. २०७० मा पनि म्याग्दी पार्टीको सांगठनिक अभियान लिएर आउदाँ भन्दा अहिले नेता कार्यकर्तामा धेरै उत्साह र सक्रीयता बढेको पाए,” उहाँले भन्नुभयो “अहिलेकै गति पकडिएर काम गर्न र संगठन बनाउन सकेमा म्याग्दीमा माओवादी पार्टीको राम्रो सम्भावना देखेको छु ।”

khali

तीन महिने अभियानका लागि बाग्लुङ जिल्लाको ईञ्चार्जको जिम्मेवारी पाएका माओवादी केन्द्र म्याग्दीका नेता गोविन्द पौडेलले पछिल्लो निर्वाचनको समानुपातिक र स्थानीय तह निर्वाचनमा तालमेल नभएका वडाहरुको मत विष्लेषण गर्दा म्याग्दीमा माओवादीको सांगठनिक आधार तयार हुदै गएको दावी गर्नुभयो ।

“२०७४ मा समानुपातिक तर्फ प्रतिनिधिसभामा चार हजार र प्रदेशसभामा चार हजार आठ सय मत पाएका थियौ,” उहाँले भन्नुभयो “२०७९ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा नौ हजार र प्रदेशसभामा सात हजार चार सय मत प्राप्त हुनुले म्याग्दीमा माओवादीप्रति जनताको आशा र अपेक्षा मरेको छैन भन्ने देखाउँछ ।”

राष्ट्रिय राजनीति माओवादीकै एजेण्डाको वरिपरी रहनु, जिल्ला स्तरमा अन्य दलका भन्दा माओवादीबाट जितेका जनप्रतिनिधिहरुले जनताप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्नु, नेता कार्यकर्ताको सक्रीयता, माओवादीले प्रदेश सरकारमा म्याग्दीका सांसदलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिनु र बजेट भित्र्याउन तथा कार्यन्वयनमा प्रभावकारी भूमिका खेलेकाले जनताहरु आशावादी भएका पौडेलको भनाई छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री समेत रहेका माओवादी म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले माओवादी पृष्ठभूमिका नेता कार्यकर्ताहरु केन्द्रित हुन, अन्य दल र स्वतन्त्र व्यक्तिहरु पनि माओवादीको सम्पर्कमा आएका बताउनुभयो ।

“विभाजनका कारण फरक फरक माओवादी घटक दलमा आवद्ध भएका, अन्य पार्टीमा गएका र स्वतन्त्र बसेकाहरु केन्द्रीत हुन थाल्नुभएको छ,” उहाँले भन्नुभयो “हामीलाई जनताले गर्नुभएको विश्वास र जिम्मेवारी सफलता पुर्वक पुरा गर्न इमान्दारीताका साथ महशसु गर्ने गरी परिणाम निकाल्न प्रतिवद्ध छौ ।”

माओवादी केन्द्रका गण्डकी प्रदेशका सचिवालय सदस्य तथा म्याग्दी प्रदेशसभा क्षेत्र (क) का ईञ्चार्ज समेत रहेका पुर्व प्रदेश सांसद बिनोद केसी पुराना माओवादीहरु केन्द्रिकृत, शान्ति प्रक्रीयापछि आवद्ध भएकाहरुलाई संयोजन तथा नयाँ कार्यकर्ता उत्पादनमा केन्द्रित हुनुपर्ने अवस्था आएको बताउनुहुन्छ ।

बैठकमा बोल्ने नेताहरुले आगामी निर्वाचनमा म्याग्दीमा माओवादीलाई एक्लै चुनाव लड्न सक्ने बनाउन वडा, टोल र बस्तीमा खटिएर जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका भदौ १६ देखि सुरु हुने जनतासंग माओवादी विशेष रुपान्तरण अभियानका लागि म्याग्दीमा पाँच जना केन्द्रिय सदस्य तथा सल्लाहकार खटिनुभएको छ ।

बेनीमा गुप्तबहादुर हमाल, रघुगंगामा सत्यनारायण शेरचन, अन्नपूर्णमा चन्द्रबहादुर घिमिरे, मंगलामा निलप्रसाद पुन, मालिका र धवलागिरीमा चन्द्रबहादुर बुढाले पालिका स्तरीय अभियानका लागि ईञ्चार्जको जिम्मेवारी पाउनुभएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...