पहिरोबाट विस्थापित सुबावासीलाई आपतकालिन राहत

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

दाना, । पहिरोबाट विस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवाका बासिन्दाहरुलाई मंगलबार आपतकालिन राहत वितरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई रु. एक लाख दश हजार नगद वितरण गरेको हो । दानाका वडा अध्यक्ष रमेश पुर्जाले पहिरोबाट घर भत्किएका सतबिर पाईजालाई रु. १५ हजार र विस्थापित अन्य १९ जनालाई रु. पाँच÷पाँच हजारका दरले वितरण गरेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले राहत रकम वितरण गर्नुभएको थियो । सो कार्यक्रममा संविधान सभा सदस्य गोविन्द पौडेल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष रमेश पुर्जा, माओवादी केन्द्रका नेता सेरबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

Shreekrishna

मन्त्री जुग्जालीले तत्कालिन हिसाबले क्षति न्युनीकरण, सुरक्षित बसोबासको व्यवस्था र दिर्घकालिन रुपमा प्राबिधिक टोलीबाट अध्ययन गरि बस्ती स्थानान्तरण, एकिकृत वस्ती निर्माण र पुननिर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

साउन ३२ गते रातीको अविरल बर्षाले गाउँको शीर र पुछारको कालीगण्डकी नदीतीरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि सुवा गाउँमा पहिरोले स्थानीयबासीको उठिबास लगाएको हो । पहिरोले ८ घर उच्च र १० घरधुरी जोखिममा छन् ।

दानाको सुवा संगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितर लगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ । सुवा गाउँको शीर र पुछारबाट पहिरो गएपछि गाउँ अन्य ठाउँबाट सम्पर्क विच्छेद भएको थियो भने सुरक्षित ठाउँमा समेत जान नसक्ने अवस्था आएको थियो ।

पहिरोले जोखिममा रहेका सुवाबासीलाई गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा दानामा रहेको वडा कार्यालयको सभाहलमा खाने बस्ने व्यवस्था मिलाइएको छ । सशस्त्र प्रहरी बल नेपाल, आश्रीत गुल्म गलेश्वरबाट खटिएका प्रहरी टोलीले जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट र त्रिपाल टाँगेर पहिरो पीडितको लागि बसोबासको पूर्वाधार निर्माण गरेका छन् ।

५० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । सुवा लगायत दानाका विभिन्न ठाउँमा पहिरोको जोखिममा परेका स्थानीयबासीलाई गाउँपालिकाले त्रिपाल, टेन्ट, खानेपानीको पाईप लगायतका अत्यावश्यक सामाग्री समेत वितरण गरेको छ ।


पहिरोको चपेटामा परेको सुवा गाउँको पहिरोको जोखिमको अवस्थाबारे आइतवार गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीको टोलीले पनि निरिक्षण गर्नुभएको थियो । गाउँको पुछार र शिरानबाट नै पहिरो गएकाले तत्काल रोकथाम गर्न सम्भव नदेखिएकाले स्थानीयबासीलाई सुरक्षित स्थानमा राखेर खाना र बसोबासको प्रवन्ध मिलाउने काममा गाउँपालिकाले ध्यान दिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । अहिले सुवामा सुकेबगर र द्धवारीखोलाबाट गाउँ जोड्ने पदमार्ग अधिकाँश पहिरोले बगाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...