बिदेश बिर्साउने सुर्केमेलाका डिलबहादुरको कृषि फार्म

Gandaki Pardesh notice

कागति, सुन्तला खेति देखि मौरीपालन र दूध ब्यवसाय

बेनी । बेनी नगरपालिका–४ सुर्केमेलाका एक व्यक्तिले बैदेशिक रोजगारको बिकल्पमा बहुउद्देश्यिय कृषि फार्म सञ्चालन गरेका छन् ।

दुई वर्ष दुवई र तीन वर्ष मलेसीयामा काम गरेर फर्किएका ४० वर्षीय डिलबहादुर केसी अहिले सफल कृषकको रुपमा स्थापित हुनुभएको छ । भैसीपालनबाट सुरु भएको केसीको बहुउद्देश्सीय फार्ममा मौरी, सुन्तला र कागति खेती थपिएको छ ।

Shreekrishna hardwear in news

बिदेशको तुलनामा कृषि फर्मबाट भएको आम्दानीबाट सन्तुष्ट भएको केसी बताउनुहुन्छ । २०६८ मा सुरु भएको उहाँको केसी बहुउद्देश्सीय कृषि फर्मबाट बार्षिक लाखौको गोला सहितको माहुरी, सुन्तला, कागति र दूध बिक्री भैरहेको छ ।

छ मुरी धान फल्ने साढे चार रोपनी खेतमा लगाएको सुन्तलाले गत वर्षदेखि उत्पादन दिन थालेको छ । पहिलो बर्षनै तीन लाख तीस हजार रुपैयाँको सुन्तला बेचेका केसी यस वर्ष उत्पादन सँगै आम्दानी पनि बढ्ने अपेक्षामा हुनुहुन्छ ।

केसीले डेढ रोपनी जमिनमा कागति खेति पनि गर्नुभएको छ । बाह्ै महिना फल्ने जातको कागतिबाट वर्षमा डेढ लाखको हाराहारीमा आम्दानी हुन्छ । बेनी बजारमा प्रतिकिलो एक सय देखि डेढ सय रुपैयाँ सम्ममा कागति बिक्री हुने गरेको केसीले बताउनुभयो ।

Bhautik ministry notice about road

सुन्तला र कागति खेतीका अलावा केसीले डेढ वर्षदेखि मौरीपालन समेत गर्दै आउनुभएको छ । मौरीको घार समेत आफै उत्पादन गर्नुहुन्छ । गत वर्ष ५६ वटा गोला सहितका घार बेचेका केसीसँग अहिले २० घार मौरी छन् ।

फलफूल खेती गर्ने र आफ्नो वडाभित्रकालाई प्रतिघार आठ हजार र बाहिर प्रतिघार ९ हजारका दरले गोला र घार सहितको मौरी बेच्ने गर्नुभएको छ । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको तालिममा सहभागि भएपछि केसीले मौरीपालन सुरु गर्नुभएको थियो ।

मौरी पालेपछि परागसेचन राम्रो भएर सुन्तला र कागती खेती समेत प्रभावकारी भएको केसीको अनुभव छ । उहाँलाई श्रीमति खिरादेवीले पनि कृषि फर्मको काममा सघाउनुहुन्छ । दैनिक रुपमा बेनीमा सुर्केमेलाका कृषकले उत्पादन गरेको दूध ढुवानी गर्दै आउनुभएको छ ।

अहिले फलफूल र मौरीपालनलाई बिस्तार गर्नुभएका केसीले एक वटा जर्सी र एक वटा स्थानीय जातको मात्र भैसी पाल्नुभएको छ । सुन्तला खेतीलाई बिस्तार गरेर १५ रोपनी सम्ममा पुराउने र मौरीपालनलाई निरन्तरता दिने केसीको योजना छ ।

केसीको फर्मलाई गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले मोडल फार्म कार्यक्रम मार्फत दुई लाख ५५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...