गण्डकीमा माओवादीका जिल्ला र पालिका ईञ्चार्ज फेरिए

Gandaki Kotihome

पोखरा, । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालनको तयारी गरेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला ईञ्चार्जहरु हेरफेर गरेको छ ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा बसेको सातौ पूूर्ण बैठकले जिल्ला ईञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

माओवादीलाई सुदृढ र बलियो बनाउनका लागि भन्दै माओवादीको केन्द्रीय समिति बैठकले भदौ १६ गतेदेखि तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । सोहि अभियानलाई लक्षित गरेरे जिल्ला र पालिका ईञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका ईञ्चार्ज तथा पार्टीका केन्द्रीय सचिव देवेन्द्र पौडेलले जानकारी दिनुुभयो ।

वर्षौंदेखि एकै व्यक्ति एउटै जिल्लामा रहँदा पार्टीमा गुट उपगुट मौलाएको र सोहि कारण नेता कार्यकर्तामा उत्साह आउन नसकेको भन्दै कार्यकर्ताले गुनासो गर्ने गरेका थिए । कास्की जिल्ला ईञ्चार्ज राजकाजी गुरुङलाई स्याङ्जा जिल्ला ईञ्चार्ज तोकेको छ । उहाँको ठाउँमा पर्वतका नेत्रनाथ अधिकारीलाई ल्याइएको छ । अधिकारी गण्डकी प्रदेशका पूर्व सभामुख तथा पार्टीका केन्द्रीय सदस्य हुनुुहुन्छ । पोखरा महानगरपालिका ईञ्चार्ज दीपक कोईरालालाई माओवादीले गोरखा जिल्ला ईञ्चार्ज बनाएर पठाएको छ ।

Shreekrishna hardwear in news

माओवादीले बागलुङकी बलावती शर्मालाई पर्वत जिल्ला ईञ्चार्जको जिम्मेवारी तोकेको छ भने स्याङ्जा जिल्ला ईञ्चार्ज शैलेन्द्र घिमिरेलाई तनहुँ जिल्ला ईञ्चार्जको जिम्मेवारी तोकेको छ । माओवादीले तनहुँकी आशा खनाललाई लमजुङ जिल्ला ईञ्चार्ज, पर्वतका गुप्तबहादुर हमाललाई म्याग्दी जिल्ला ईञ्चार्ज बनाएको छ ।

यसैगरी, मनाङमा बुद्धिराम गुरुङ, नवलपुरमा कास्कीका अमर तमु, बागलुङमा गोविन्द पौडेल र मुस्ताङमा कपिल लामालाई जिल्ला ईञ्चार्ज बनाएको छ । माओवादीले प्रत्येक जिल्ला ईञ्चार्जलाई सो जिल्लाको कुनै एउटा पालिकाको ईञ्जार्जको जिम्मेवारीपनि सुम्पेको छ ।

Annapurna aarohan ko notice

बैठकले प्रदेशका सबै जिल्ला हेर्ने जिम्मेवारी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेललाई तोकेको छ भने केन्द्रीय सदस्य यशोदा सुवेदीलाई नवलपुर, तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्ला तथा हरि अधिकारीलाई मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङ्जा जिल्ला हेर्ने जिम्मेवारी दिएको छ । त्यसैगरेर प्रदेश अध्यक्ष गायत्री गुरुङलाई जातीय मोर्चाको जिम्मेवारी तोकेको छ भने अटिन्द्र केशरी न्यौपानेलाई कार्यालयसँगै प्रेस सेन्टर गण्डकीको फ्रयाक्सन ईञ्चार्ज तोकेको जनाइएको छ ।

माओवादीले जिल्ला ईञ्चार्जसँगै प्रदेशका सबै पालिका तथा वडाहरुको ईञ्जार्चको जिम्मेवारीपनि हेरफेर गरेको छ । जस अनुसार कास्कीको पोखरा महानगरपालिकाको ईञ्चार्ज स्याङ्जा जिल्ला ईञ्चार्ज पारसमणी पौडेललाई दिइएको छ ।

माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका लागि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको बारपाक सुलिकोट वडा नं. ८ मा जाने हुुनुुभएको छ । प्रचण्ड पुग्ने वडा माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको वडा हो । माओवादीले प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिएर फिल्डमा खटाउने निर्णय गरेको प्रदेश ईञ्चार्ज पौडेलले जानकारी दिनुुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले पार्टी पुर्नगठन गरेरै छाड्ने उद्घोष गर्नुुभएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको बैठकले गरेका निर्णय सार्वजनिक गर्न आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ईञ्चार्ज पौडेलले माओवादी केन्द्रको सांगठनिक अवस्थालाई गण्डकीमा २०६४ सालकै अवस्थामा फर्काउने दाबी गरेका हुन् ।

‘पार्टी कहिले सानो हुन्छ त कहिले ठूलो । हिजोको ठूलो पार्टीहरु कांग्रेस, एमाले २०६४ सालमा खुम्चिदा हामी माओवादी ठूलो भयौं,’ उहाँले भन्नुुभयो ‘२०७९ मा आईपुग्दा खुम्चिएको कांग्रेस फेरी ठूलो भएको छ, त्यसैले यो उतारचढाव भइरहन्छ तर हामी पार्टीलाई पुर्नगठन गरेरै छाड्छौं । पार्टी पुर्नगठन हुन्छ ।’

ईञ्चार्ज पौडेलले पार्टीमा भर्खरै प्रचण्डको उत्तराधिकारी खोज्ने बेला नभएको बताउनुुभयो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सकृय राजनीति गरिरहेकाले उत्तराधिकारी आवश्यक नरहेको उहाँको भनाई थियो । तर पार्टी नेतृत्व गर्न सक्षम नेताहरु पार्टीको पदाधिकारीमा रहेको उनले दाबी गर्नुुभयो । ‘नेतृत्व गर्न सक्षम नेताहरु पार्टीको पदाधिकारी लेबलमा हुनुहुन्छ तर अहिल्यै उत्तराधिकारी घोषणा गरिहाल्ने बेला भएको छैन’–उहाँले भन्नुुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...