दानाको सुुवा गाउँ पहिरोको जोखिममा, ११ परिवार स्थानान्तरण

khali

बेनी, । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ सुवामा ११ घरपरिवारलाई आइतबार सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

पहिरोका कारण घर चर्किएर बस्न निमल्ने भएका ११ परिवारका ४० जनालाई दुुवारीखोलामा रहेको वडा कार्यालय र खाली जमिनमा पाल टागेर राखिएको हो । अन्नपूूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुुमारी पुनले गाउँमा बस्दा क्षतिको जोखिम भएकाले उनिहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जानकारी दिनुुभयो ।

“भिरालो पाखोमा रहेको सुुवा गाउँको धेरै जसो जमिन चिरा परेर पहिरो गएको छ,” उहाँले भन्नुुभयो “११ घरलाई दुुवारीमा सारेका छौ । थप १० घर पनि जोखिममा छन् ।” जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट लगायतका सामग्री व्यवस्थापन गरेर विस्थापितलाई राखिएको छ ।

Shreekrishna hardwear in news

गाउँपालिका र वडाका जनप्रतिनिधि, प्रहरी तथा स्थानीबासीहरुले पहिरोको जोखिममा रहेका घरमा रहेका महत्वपूूर्ण सामान सार्न सहयोग गरेका थिए । प्राविधिकहरु सहितको टोलीले सुवा गाउँका स्थलगत अध्ययन गरेर तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरेको थियो ।

सुुवा बस्तीको फेदीमा कालीगण्डकी नदी छ । कालीगण्डकी नदीमाथि विस्तार र स्तरोन्नतिको क्रममा रहेको सडक बेनी–जोमसोम–कोरला सडक अन्तरगत पर्दछ । सडक देखि बस्तीसम्मको जमिन पहिरोमा परिणत भएको छ ।

khali

खामभित्ताको सडक देखि करिब पाँच किलोमिटर माथि रहेको सुुवाको बस्ती सम्मको जमिन धाजा फाटेर बग्न थालेको छ । कालीगण्डकीको कटान र सडक विस्तार तथा निर्माणका कारण पहिरो सिर्जना भएको स्थानीयबासीले बताएका छन् ।

यसअघि गुुइठे क्षेत्रको पहिरोका कारण सुवाको छिमेकी गाउँ फगामका ३० घरधुरी विस्थापित भएका थिए । फगाममा रहेको २२० केभीए क्षमताको कालीगण्डकी कोरीडोर प्रशारण लाइनको एक वटा टावर पहिरोको जोखिममा परेको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुुपरभाइजर ईन्द्रसिंह शेरचनका अनुुसार अन्नपूर्ण गाउँपालिका–२ तातोपानीदेखि वडा नं. ३ को दाना काभ्रेभिर सम्मको करिव ५ किलोमिटर दुरीको सडकमा साना ठुला गरेर ५० भन्दा बढी पहिरो छन् ।

“कठिन र साघुरो भूगोल, अव्यवस्थित रुपमा खनिएको शाखा सडक, कालीगण्डकी नदीको कटानले सडक क्षतविक्षत छ”, ुउहाँले भन्नुभयो “दुई÷तिन वटा डोजर लगाएर पहिरो पन्छाउदा पनि दुई दिनसम्म सडक खुलाउन सफल भएका छैनौ ।”

भूमिगत पानीले गल्कीएको जमिन ठूलो बर्षा हुुनेबित्तिकै बगेको र कालीगण्डकीले तलतिरबाट कटान गरेको छ । बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध हुदाँ पर्यटक, तिर्थयात्री, म्याग्दी र मुस्ताबासीको यात्रा र दैनिकी कष्टकर भएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...