दिवंगत सदस्यका परिवारलाई मुुद्रण संघको सहयोग

Gandaki Ghumau

बेनी, । म्याग्दी मुद्रण उद्योग संघमा आवद्ध ब्यवसायीले संघका सदस्य स्वर्गिय देवेन्द्र फगामी परिवारलाई आर्थिक सहयोग गरेको छ ।

संघका सदस्य समेत रहनुभएका मालिका गाउँपालिका–५ देविस्थानका फगामीको गत साउन २६ गते पोखरामा ३४ बर्षको उमेरमा अकस्मात निधन भएको थियो ।

Gunasthariya Shiksya

संघका अध्यक्ष सन्दिप खत्री लगायत पदाधिकारीको टोलीले मालिका गाउँपालिका वडानम्वर ५ देविस्थान निवासी स्वर्गिय फगामीको घरमा पुगेर श्रीमती मिरा फगामीलाई नगद १७ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

Shreekrishna

उहाँको अकस्मात भएको निधनले मुद्रण संघलाई क्षति पुगेकोमा आवद्ध सदस्यहरुले दुख ब्यक्त गरेको छौँ, स्वर्गिय फगामीको परिवारलाई राहत स्वरुप ब्यवसायीहरुले एकआपसमा संकलन गरेर आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

बेनीमा बुद्ध स्किन फ्लेक्स सम्वन्धी ब्यवसाय गर्दै आउनुभएका स्वर्गिय फगामी पछिल्लो समय पोखरा बस्दै आउनुभएको थियो । गत बर्ष भएको संघ र प्रदेशको निर्वाचनमा फगामी म्याग्दी क्षेत्र नम्वर ख को प्रदेश सदस्य उम्मेद्वार बन्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...