बाँसखर्कमा जुवातास खेल्ने र खेलाउनेलाई जरिवाना

Shreekrishna hardware

बेनी, । पर्वतको जलजला गाउँपालिका–१ बासखर्कमा जुवातास खेल्ने र खेलाउनेलाई जरिवाना तिराइने भएको छ ।

बाँसखर्कको वडा कार्यालयको मंगलबार बसेको बैठकले जुवातास, मदिरा र लागुपदार्थ नियन्त्रण अभियान चलाउने निर्णय गरेको हो । वडा अध्यक्ष जकबहादुर रोकाले तुवातास खेलाउनेलाई रु. पचास हजार र खेल्नेलाई रु. पाँच हजार जरिवाना गरिने जानकारी दिनुभयो ।

Ban devision notice

बिहान ८ देखि साँझ ५ बजेसम्म मदिरा सेवन गर्न नपाउने पनि नियम बनाइएको छ । जुवातास, मदिरा र लागुपदार्थको कारण घरेलु हिंसा, झैझगडा बढाएको र आर्थिक हानी गरेको जनप्रतिनिधिहरुले निष्कर्ष निकालेका छन् ।

Shreekrishna

“जुवातास, मदिरा र लागुपदार्थका कारण हाम्रो वडामा सामाजिक सद्भाव बिग्रिन थालेको महशुस गरेका छौ,” उहाँले भन्नुभयो “लागुपदार्थ विरुद्ध पनि निगरानी बढाउनुका साथै सचेतनामुलक अभियान चलाएका छौ ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...