गलेश्वरमा आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन शुरूआत गरेका छन् ।

बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल उत्पादन गर्न थालेका हुन् । पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलालाई पुनः आमा समूहकै पहलमा थप १५ दिने विशेष तालिम दिएपछि महिलाले व्यावसायिक चप्पल उत्पादन शुरू गरेका समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार आमा समूहकै भवनमा महिलाले चप्पल उत्पादन गर्न थालेका छन् ।

Shreekrishna
Gunasthariya Shiksya

बजारमा बाहिरबाट आयात गरेका चप्पलको खरिद बिक्री हँुदै आएकामा आमा समूहले नै व्यावसायिक रूपमा चप्पल उत्पादन शुरू गरेपछि स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउने योजना रहेको समूहका सचिव निसा जिसीले जानकारी दिनुभयो । फेन्सी चप्पलको माग बढी हुने भएकाले व्यावसायिक रूपमा उत्पादन शुरू गरिएको चप्पल बनाउने व्यवसायबाट महिलाको आयआर्जनमा समेत टेवा पुग्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

महिलाले फेन्सी चप्पल सामूहिक रूपमा बनाउन शुरू गरेको उद्योगको सोमवार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले शुभारम्भ गर्नुभयो । कार्यक्रममा प्रजिअ पौडेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र वडाध्यक्ष चक्रबहादुर केसीले स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउन सकेमा यसले महिलाको उद्यमशीलताको प्रवर्द्धन गर्नेमा जोड दिनुभयो ।

सो अवसरमा गलेश्वर मन्दिर परिसरमा सोमबार राखिएको घुम्ती प्रदर्शनी कक्षबाट ५९ जोर चप्पल बिक्री समेत भएको समूहले जनाएको छ । समूहले उत्पादन गरेका चप्पलको गलेश्वरमा बिक्रीकक्ष समेत सञ्चालन गर्ने योजना बनाएको समूहका अध्यक्ष फूलकुमारी रोकाले जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...